अन्त्य हुनेछ जीवनको सम्पूर्ण समस्या, अपनाउनुहोस् यी ज्योतिषीय उपाय !

जीवनमा मानिसलाई अनेक प्रकारको संकटहरू हुन्छन्, जसका कारण कहिलेकाहीँ जीवन बढी प्रभावित हुन थाल्छ। यस्तो अवस्थामा मानिसले केही ज्योतिषीय उपाय अपनाउनुपर्ने हुन्छ । जसको कारण जीवनमा आउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । भनिन्छ कि ज्योतिषमा मानव जीवनको लगभग हरेक समस्याको समाधान छ। यसमा यस्ता धेरै उपायहरु उल्लेख गरिएको छ । जान्नुहोस् ज्योतिषका यी विशेष प्रभावकारी उपायहरू, जसलाई पालना गर्नाले विभिन्न प्रकारका समस्याबाट छुटकारा पाउनुहुनेछ।

कुनै कामको लागि वा यात्रामा जादै हुनुहुन्छ भने काँचो नरिवल लिनुहोस्। हातमा नरिवल लिनुहोस् र ११ पटक ‘श्री हनुमन्ते नमः’ को जप गरेर फुटाउनुहोस् । आफैमा पानी छर्क्नुहोस् र अरुलाई बाँड्नुहोस्। आफुले पनि खायो भने यात्रा सफल हुनेछ र काम पनि बन्नेछ ।

बिहान ननुहाई रोटी पकाएर तेलले लागेर गरेर कालो कुकुरलाई खुवाउनुपर्छ । घरमा दक्षिणवर्ती शंख स्थापना गर्नुहोस्। राति पानीले भरेर राख्नुहोस्। त्यो पानी बिहान घरमाको सबै स्थानमा छर्क्नुहोस्।

‘हे कृष्ण द्वारकावासीं कासी यादवानन्दना आपद भीं परिभूतम् मा त्रयस्वशु जनार्दना’ यो मन्त्र दैनिक कम्तीमा १०८ पटक जप गर्दा विपत्ति नष्ट हुन्छ।

घरमा खान बनाएपछि गाई, काग र कुकुरका लागि खानाको केही अंश पहिल्यै राख्नुपर्छ । यस उपाय गर्नाले पारिवारिक शान्ति कायम हुन्छ ।

अर्को समाचार:

भोलि इन्दिरा एकादशी भुलेर पनि नगर्नुहोस् यस्ता ५ काम, कष्टले भरिन सक्छ जीवन !