जब आयुष्मान खुरानाले केटालाई किस गरे, यस्तो थियो पत्नी ताहिराको रियाक्सन

एजेन्सी : बलिउड अभिनेता आयुष्मान खुरानाले भिजेदेखि अभिनेतासम्मको लामो यात्रा तय गरेका छन्। आयुष्मानले गत सेप्टेम्बर १४ तारिखमा आफ्नो ३८ औँ जन्मदिन मनाएका छन्। सन् २०१२ मा आयुष्मान पहिलो पटक फिल्म ‘विक्की डोनर’ मा देखा परेका थिए। त्यसयता उनले कहिल्यै पछाडि फर्केर हेरेनन्।

आयुष्मानले आफ्नो करियरमा लगभग सबै किसिमका भूमिकाहरु निभाईसकेका छन्। उनले फिल्म ‘शुभ मङ्गल ज्यादा सावधान’ मा एक समलिङ्गीको भूमिका निभाएका थिए। यस फिल्ममा आयुष्मानले आफ्नो को-स्टार जितेन्द्रलाई किस गरेका थिए। आयुष्मानको यो किसिङ सीन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

ताहिरा कश्यपले पनि श्रीमान् आयुष्मानले केटालाई किस गरेको भिडियो हेरेर प्रतिक्रिया दिएकी थिईन्। एक अन्तर्वार्ताका क्रममा ताहिरालाई उनका पति आयुष्मान खुरानाले एक पुरुषलाई चुम्बन गरेको बारे सवाल गरिएको थियो।

उनले भनिन् – “आयुष्मानलाई पर्दामा एक पुरुषलाई चुम्बन गरेको देख्दा खुसी लाग्यो। वास्तवमा म यसलाई एक कलाकार र आफ्नो कामको सम्मान गर्ने दृष्टिकोणबाट हेर्छु, चाहे उनीहरुले पुरुष या महिला जोसुकैलाई चुम्बन गरे।”

ताहिराले भनिन्, “म उनको चरित्रप्रतिको भावना मात्र देख्छु। जब उसले केटीलाई चुम्बन गर्छ त्यतिबेला हामी देख्न सक्छौँ कि उसले आफ्नो प्रेमलाई व्यक्त गर्न सक्दो प्रयास गर्छ। यसरी नै म मेरो फिल्ममा पात्र बनाउँछु। र उसले एक मानिसलाई चुम्बन गर्छ जुन एक प्राकृतिक कुरा हो र यो उनको प्रेम व्यक्त गर्ने दृष्टिकोण हो।”

आयुष्मान खुरानाले आफ्नो शानदार अभिनयका कारण १ राष्ट्रिय र ४ फिल्मफेयर अवार्ड पाएका छन्। उनी २०२० को फोर्ब्स इन्डियाको १०० सेलिब्रेटी सूचीमा पनि परेका थिए। आयुष्मान अभिनेतासँगै गायक पनि हुन्। उनले धेरै हिट गीतमा स्वर दिएका छन्।

अर्को समाचार:

२ अफेयर, २ बिहेपछि पनि एक्लै बुढ्यौली काटिरहेका छन् यो सानो बच्चा, साउथका ठूलो सुपरस्टार हुन्