२ अफेयर, २ बिहेपछि पनि एक्लै बुढ्यौली काटिरहेका छन् यो सानो बच्चा, साउथका ठूलो सुपरस्टार हुन्

एजेन्सी : सामाजिक सञ्जालमा एउटा सानो बच्चाको तस्बिर निकै भाइरल भईरहेको छ, जो अहिलेको ठूलो सुपरस्टार हुन्। सामाजिक सञ्जालमा भाइरल भएको तस्बिर कुन सुपरस्टारको हो भनेर धेरैले चिन्न सकिरहेका छैनन्। खासमा यो तस्बिर दक्षिण भारतीय सुपरस्टार कमल हासनको हो।

दक्षिण भारतीय सिनेमामा कमल हासनको नाम नै काफी छ। कमल हासन दक्षिण भारतीय सिनेमाको ठूलो स्टार हुन्। बाल्यकालमा उनी प्यारो र निर्बोध देखिन्थे। उनका फ्यानहरुले यो तस्विरलाई निकै मन पराएका छन्।

६७ वर्षीय कमल हासनको जन्म तमिलनाडुको परमाकुदीमा सन् १९५४ नोभेम्बर ७ तारिखमा भएको थियो। उनले फिल्ममा बालकलाकारको भूमिकाबाट आफ्नो करियरको सुरुवात गरेका थिए। कमलले तमिल सिनेमाबाहेक हिन्दी, तेलुगु, मलयालम, कन्नडदेखि बङ्गाली सिनेमामा समेत काम गरेका छन्।

कमल हासन बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन्। उनी एक अभिनेता हुनुका साथै लेखक, डान्सर, निर्देशक, प्लेब्याक सिङ्गर, कोरियोग्राफर, स्क्रिनराइटर र मेकअप आर्टिस्ट पनि हुन्। केवल ६ वर्षमको उमेरमा उनले प्रेसिडेन्ट गोल्ड मेडल, नेशनल अवार्ड फर बेस्ट चाइल्ड एक्टर अवार्ड पाएका थिए।

कमलले सन् १९७५ मा मुख्य अभिनेताका रूपमा आफ्नो फिल्मी करियर सुरु गरेका थिए। उनको पहिलो फिल्म अपूर्व रागांगल थियो। यस फिल्ममा अभिनेत्रीको भूमिकामा श्रीविद्या थिइन्। त्यतिबेला दुवैको अफेयरको खबर बाहिरिएको थियो तर चाँडै नै दुवैजना अलग भए।

कमल हसनले श्रीविद्याबाट टाढिएपछि प्रसिद्ध डान्सर वाणी गणपतिसँग नजिकिए। दुवैजना एक-अर्काको प्रेममा परेपछि सन् १९७८ मा वैवाहिक बन्धनमा बाँधिए। तर विवाहको एक दशकपछि दुवै अलग भए। किनकी त्यतिबेला कमल हासन अभिनेत्री सारिका ठाकुरको प्रेममा चुर्लुम्मै डुबेका थिए।

कमल हासनको दिलमा सारिका ठाकुरले घर बनाइसकेकी थिईन्। यहीँ कारण कमल र वाणी गणपति सन् १९८८ मा छुट्टिए र सोहीँ वर्ष कमलले सारिकासँग विवाह गरे। विवाहको केही महिनापछि नै सारिकाले जेठी छोरी श्रुति हसनलाई जन्म दिएकी थिईन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सारिका विवाह पहिल्यै नै गर्भवती थिईन्। श्रुति हासनपछि सारिकाले अर्की छोरी अक्षरालाई जन्म दिईन्। कमलको दोस्रो विवाह पनि डेढ दशकपछि टुट्यो। कमल र सारिकाको पनि सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो।

दोस्रो विवाह पनि तोडिएपछि कमल हसनको जीवनमा अर्की सुन्दरीको प्रवेश भएको छ। अहिले कमल साउथ अभिनेत्री गौतमीसँग प्रेममा परेका छन्। दुवैले विवाह गरेनन् तर १३ वर्ष लिभ इन रिलेशनमा बसेपछि दुवै अलग भएका छन्। अहिले ६७ वर्षको उमेरमा कमल व्यक्तिगत जीवनमा एक्लै छन् ।

अर्को समाचार:

यस साउथ सुपरस्टारलाई डेट गरिरहेकी छिन् कृति सेनन, फिल्मको सेटमा बढ्यो निकटता