यस्ता लक्षण भएका मानिस हुन्छन् धोकेबाज-स्वार्थी, यसरी चिन्नुहोस्

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा मानिसको गुण र दोषको बारेमा धेरै कुराहरू बताउनुभएको छ। चाणक्य नीतिका अनुसार जहाँ एक गुणी, चतुर र ज्ञानी व्यक्तिको संगतले तपाईको जीवनमा धेरै अर्थ राख्छ, तर यदि स्वार्थी र धोखेबाज व्यक्तिसँग सङ्गत – प्रेममा पर्नु भयो भने उसले तपाईलाई समस्यामा पार्न सक्छ। यस्तो अवस्थामा चाणक्य नीतिमा आफ्नो वरपरका मानिसहरूलाई चिन्न उपाय सिकाएको छ। जान्नुहोस् आचार्य चाणक्यका अनुसार कसरी खराब  मानिसलाई पत्ता लगाउन सकिन्छ….

चाणक्य नीतिका अनुसार जुन मानिस आफ्नो काम घुमाई-फिराइ गर्छन्, उनीहरुको मन खराब हुने गरेको देखिन्छ । यस्ता मानिसहरु तपाईको अगाडि अर्कै बोल्छन् र पछाडि अर्कै बोल्छन् । त्यसैले यस्ता व्यक्तिबाट सधैं टाढा रहनुपर्छ । तिनीहरूलाई कहिल्यै विश्वास नगर्नुहोस्। किनकि जसले आफ्नो मनको सबै कुरा सिधा र स्पष्ट रुपमा बोल्छ उसले कसैलाई धोका दिन सक्दैन। अर्थात् यस्ता मानिसको मन सफा हुन्छ। यस्तो व्यक्तिले आफ्नो साथीलाई कहिल्यै हानी पुर्‍याउन चाहँदैन।

आचार्य चाणक्यको भनाइ छ कि ठग व्यक्तिले तपाईसँग आवश्यकताको समयमा दिन्छु भनेर पैसा लिन्छ, तर जब फिर्ता गर्ने कुरा आउँछ, उसले त्यसबाट बच्नको लागि धेरै बहानाहरू पनि गर्दछ। त्यस्ता व्यक्तिहरू बच्न तपाइलाई बेवास्ता गर्न थाल्छन्। तसर्थ यी व्यक्तिहरुको नियत र स्वभावलाई चिनेर जति सक्दो चाँडो छुटकारा पाउनु होस किनकि यी मानिसहरुले तपाईलाई जुनसुकै बेला धोका दिन सक्छन् र उनीहरुको कारणले तपाई आफैँ पनि समस्यामा पर्नु हुन्छ ।

यदि कामको क्रममा कसैले तपाइँलाई आफ्नो भानिएकाले मद्दत गर्न अस्वीकार गरे भने, यो बुझ्नुहोस् कि यी मानिसहरू तपाइँको शुभचिन्तक हुन सक्दैनन्। यी मानिसहरु समस्याको समयमा तपाईलाई कहिल्यै काम लाग्दैन। यस्ता स्वार्थी र धोखेबाज मानिसहरु आफ्नो भलाइको लागि मात्र सोच्छन्। त्यसैले यी मानिसहरूको भरोसा गर्न छोड्नु बुद्धिमानी हो।

अर्को समाचार:

शुक्र प्रदोष व्रतमा २ विशेष संयोग बन्दै, जान्नुहोस् शुभ तिथि-मुहूर्त: हुनेछ मनग्य लाभ !