शास्त्रमा प्रदोष व्रतको विशेष महत्त्व रहेको बताएको छ । यो व्रत भगवान शिवको नाममा समर्पित छ। यस दिन व्रत बसेर भगवान शिवको पूजा गर्ने प्रचलन रहेको छ । यस दिने भगवान शिवको नाममा गरेको पूजा आराधनाले शिव प्रसन्न भएर आशीर्वाद दिने जनविश्वास पनि छ । आश्विन महिनाको प्रदोष व्रत शुक्रबार परेको हुनाले यसलाई शुक्र प्रदोष व्रत पनि भनिन्छ । यस दिनको भगवान शिवको पूजा गर्नाले भौतिक सुख, ऐश्वर्य र वैभव प्राप्त हुने मान्यता रहेको छ । जान्नुहोस् शुभ समय र पूजा विधि….
वैदिक पञ्चाङ्ग अनुसार आश्विन महिनाको कृष्ण पक्षको त्रयोदशी तिथि असोज ७ गते दिउँसो १ः३१ बजे सुरु भई भोलिपल्ट शनिबार राति २ः४४ बजे समापन हुँदैछ । उदय तिथि र प्रदोष पूजा मुहूर्तका आधारमा शुक्र प्रदोष व्रत असोज ८ शनिबार गते मनाइनेछ । प्रदोष व्रतको पूजा प्रदोष कालमा मात्रै शुभ मानिन्छ ।
पञ्चाङका अनुसार असोज ६ गते शुक्र प्रदोष व्रतको पूजाको शुभ साइत साँझ ६ः१६ बजेदेखि राति ८ः३८ बजेसम्म रहनेछ । यस व्रत बस्नेले भगवान शिवको आराधना गर्न २ घण्टाभन्दा बढी समय पाउनेछन् । यस दिन पूजा गर्दा उत्तर-पूर्व दिशामा फर्केर भगवान शंकरको पूजा गर्नुपर्छ।
ज्योतिष शास्त्र अनुसार यस दिन सिद्ध र साध्य योग दुवै शुभ योग बनिरहेको छ । यस दिन सिद्ध योग बिहान १०:१८ बजेसम्म रहनेछ। त्यसै गरी, त्यस समय देखि, साध्या योग सुरु हुनेछ, जुन भोलिपल्ट बिहान ०९:५७ सम्म चल्नेछ। ज्योतिषशास्त्रमा यी दुवै योगलाई निकै शुभ मानिन्छ । साथै यी योगहरूमा पूजा गर्दा दोब्बर फल मिल्छ। शास्त्रका अनुसार प्रदोष व्रत राख्नाले दुई वटा गाई दान गरे बराबर फल मिल्छ । शुक्रबारको प्रदोष व्रतले दाम्पत्य जीवनमा सुख, शान्ति र समृद्धि ल्याउने गर्दछ ।