हेयर स्टालिस्टसँग साराले गरिन् रोमान्स, ट्रोलर्स भन्छन् – ‘अलिकति लाजशरम त मान’

काठमाडौँ : सारा अलि खान सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी प्राय: आफ्ना फ्यानहरुसँग केही न केही शेयर गरिरहेकी हुन्छिन्। हालै उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन्। जुन भिडियोमा सारा अलि खान आफ्नो हेयर स्टाइलिससँग डान्स गर्दै गरिरहेको देख्न सकिन्छ। भिडियोमा सारा अलि खानले कफी पिउनु अघि र कफी पिएपछिको मूड देखाएकी छिन्। सुरुमा उनी हेयर स्टालिस्टसँग ‘बाहों में चले आ’ गीतमा रोमान्टिक स्टाइलमा नाच्छिन् भने त्यसपछि ‘टिंकु जिया’ गीतमा आफ्नो हेयर स्टाइलिस्टसँग सडकमा बेपर्वाह नाच्न पुग्छिन्।

फ्यानहरूले साराको दुवै रुपलाई निकै मन पराएका छन्। ‘टिंकु जिया’ मा डान्स गर्दाको उनको एनर्जी हेर्नलायकको छ। भिडियोमा उनको बेपर्वाह अवतारलाई फ्यानहरुले असाध्यै मन पराएका छन्। सारा अलि खानले यस भिडियोमा ओरेन्ज कलरको लेहँगा लगाएकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन्। कतिपयले उनको सुन्दरताको बखान गरेका छन् भने केहीले भने उनको आलोचना पनि गरेका छन्।

एक युजरले सारालाई आफ्नो लाजशरम बिर्सेको भन्दै गालीगलौज गरेका छन्। सारा अली खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी आफ्नो आउँदो फिल्म ‘ग्यासलाइट’ मा व्यस्त छिन्। यस फिल्ममा उनी अभिनेता विक्रान्त मैसीसँग देखिनेछिन्। यो फिल्ममा साउथ सुपरस्टार पवन कल्याण पनि महत्वपूर्ण भूमिकामा हुनेछन्।

अर्को समाचार:

एक-अर्काका लागि ज्यान दिन्छन् यी जोडी : अनस्क्रिन गरे रोमान्स, तर रियलमा हुन् BFF