युवतीहरुको लागी भगवान शिव किन मानिन्छ आदर्श पति? जानीराखौ!

एजेन्सी, पौराणिक कथाहरुमा देवताहरुको अनेक रुप देख्न सकिन्छ । एक तर्फ प्रेम लिला रचाउने भगवान कृष्ण हुन भने अर्को तर्फ मर्यादा पुरुषोत्तम राम हुन् । कृष्णको आकर्षण निकै महिलाहरु बीच बाडिएको छ । संस्कारी राम आफ्नी पत्नी भन्दा आफ्नो कर्तव्यलाई प्राथमिकता दिन सक्छन् तर एक शिव नै हुन् जसको गृहस्थीमा केहि रुची नहुँदा पनि सतिसंगको वियोगमा ताण्डव गर्दछन् । भगवान शिवको सम्पूर्ण प्रेम मात्र पार्वतीको लागी हो, कोहि अरु तर्फ उनको दृष्टि पनि जाँदैन ।

बाघको छाला, जंगली फुलले सजिएका, ध्यानमा मग्न, भाङ पिउने र वीणा वादन गर्ने जस्ता शिवको कामना युवतीहरु आज पनि गर्दछन् । जब शिवले सतिलाई गुमाए तब उनि पुरै सृष्टिको विनाश गर्न निस्केका थिए । भगवान शिव माता पार्वतीलाई बराबरको दर्जा दिन्छन् र उनको प्रेम माता पार्वतीको लागी अद्भुत छ । भगवान शिव माता पार्वतीलाई आफ्नो साथमा राख्छन्, चरणमा होइन ।

भगवान शिव आफ्नो स्त्रीत्वलाई छुन पनि डराउँदैनन् । अर्धनारीश्वरको रुपमा आधा भाग महिला (पार्वती) र आधा भाग उनको रहन्छ । भगवान शिव र माता पार्वतीको सम्बन्ध बराबरी र साझेदारीको सम्बन्ध हो । पौराणिक कथाहरुको अनुसार जब समुन्द्र मन्थनको समय भगवान शिव विष पिउँछन् तब माता पार्वती उनको घाँटीमा गएर विष रोक्दछिन् । भगवान शिवलाई यस पश्चात निलकन्ठको उपाधि मिल्दछ ।

निकै पिढी देखि नेपाली महिलाहरु भगवान शिव जस्तै वरको लागी व्रत राख्दछन् । मेल्हुआ ट्रायोलोजीका लेखक अमिष त्रिपाठी भन्छन्, ‘यदि तपाइ पारम्परिक पौराणिक कथा हेर्नु हुन्छ भने  भगवान शिव आफ्नी पत्नीको साथ निकै प्रेम र सम्मानको साथ व्यवहार गर्दथे । पुराण अनुसार, शिव र पार्वतीको बीच पति र पत्नीको निकै गहिरो सम्बन्ध, प्रेमपुर्ण र गरिमामय छ ।

माता पार्वतीलाई जे सहि लाग्दछ उनि त्यहि गर्छिन् । उनि निकै पटक शिवको विरोध पनि गर्दछिन् तर भगवान शिव उनको विचारको सम्मान गर्दछन् । उनि एक-अर्कालाई निकै प्रेम गर्दछन् । दुवैको मनमा एक-अर्काको लागी सम्मान छ । आधुनिक पति र पत्नीहरुलाई पनि शिव-पार्वतीको सम्बन्धबाट धेरै कुरा सिक्नु आवश्यक छ ।

भगवान शिव माता पार्वतीको सधै रुपको प्रशंसा गर्दछन् । चाहे त्यो महाकाली होस् या अन्नपुर्ण । भगवान शिव महाकालीको चरण मुनि रहेर पनि मुस्कुराउँछन् । भगवान शिव क्रोध र उग्रताका प्रतिक हुन् तर पनि उनि सबैभन्दा  उदार रुपमा देखिन्छन् । एक पटक काली माता निकै डरलाग्दो अवस्थामा थिइन् । कोहि पनि देव, राक्षस र मानव उनलाई रोक्नमा समर्थ थिएनन् । त्यस समय  सबैले माता कालीलाई रोक्न सामुहिक रुपले भगवान शिवको स्मरण गरे । तब भगवान शिवले कालीको बाटोमा सुतेर उनलाई रोक्न खोजे तर महाकालीले त्यसलाई ध्यान नदिई भगवान शिवको छातिमा कुल्चीदिइन् । कालीले जब भगवान शिवको छातिमा खुट्टा राखिन् तब उनि शान्त भइन् ।

भगवान शिव माता पार्वतीको पति मात्र थिएनन् उनि एक मित्र र गुरुको भूमिका पनि निर्वाह गर्दछन् । यदि कोहि बाहिरि रुप-रंग देखेर कोहि पनि पिता आफ्नी छोरीको विवाह भोलेनाथको साथ गर्दिदैनन् । तर भगवान शिवको विशेषता नै यो हो कि उनि बाहिरबाट जस्ता देखिन्छन् भित्रबाट त्यस्ता छैनन् । उनि भित्रि रुपबाट पुरै अलग छन् । उनि निकै बुद्धिमान, निश्चल र शान्त देव हुन् ।त्यसैले युवतीहरु भगवान शिव जस्ता पतिको चाह राख्छन् ।

अर्को समाचार:

यस्तो अवस्थामा छेपारो देखियो भने हुनेछ लाभ, जानीराखौ!