छेपारो नाम नसुन्ने सायदै होलान । यो बिशेष गरि कुनै रूखबिरुवाको आड लागेर बस्ने गर्छ। यो घस्रने प्रजातिभित्र पर्छ। नेपाली मान्यता अनुसार कुनै साइत गरेर बाहिर निस्केको बेलामा यदि छेपाराले बाटो काट्यो भने अशुभ हुन्छ भन्ने भनाइ रहेको छ। तपाईले यकिन समेत गर्न सक्नुहुने छैन। अशुभ मानिएको छेपरोलाई देख्नाले कस्ता प्रकारका संकेत गर्दछ त एकैछिन चर्चा गरौँ:
– यदि दुई छेपाराको प्रेमी जोडी देखिएको खण्डमा सम्झनुहोस् कि तपाईसंग लामो समयदेखि टाढा रहेको साथीसंग भेट हुने सम्भावना प्रबल रहन्छ।
-यदि कुनै मानिसको हात या टाउकोमा छेपारो अचानक झर्यो भने निकट भविष्यमा मान सम्मान मिल्ने अवसर प्राप्त हुन्छ। अझ घुँडामा झर्यो भने त्यसलाई एकदमै शुभ संकेतको रुपमा मान्ने गरिन्छ।
-खाना खाइरहेको समयमा अचानक छेपारो देखियो भने छिट्टै नै कुनै राम्रो काम हुन लागेको हुन सक्ने सम्झनुपर्छ।
-अझ यो पनि मान्यता रहेको छ कि यदि दिपावलीको दिन छेपारो देख्नाले त्यसलाई शुभ मान्ने गरिन्छ। यदि छेपारो भित्तामा बसेको देखियो भने त झन् घरमा लक्ष्मीको बास समेत हुन सक्छ।
यदि आपसमा दुई जना कुरा गरिरहेको समयमा अचानक छेपारो देखिएमा गरिरहेको कुरा सत्यतामा बदलिने मान्यता रहेको छ।
-टाउकोमाथि छेपारो खासमा अकस्मात धन प्राप्ति हुने सम्भावना रहन्छ।
-यदि छेपारोले किरा फट्यांग्राको आक्रमण गरिरहेको देखियो भने सम्झनुहोस निकट भविष्यमा घरमा ठुलै धनराशिको चोरी हुनेछ।