काठमाडौँ, फागुन २९ । फागुन महिनाभर लगातार उकालो लागिरहेको सुनको मुल्य बुधबार तोलामा ४ सय रुपैयाले घटेको थियो । आज फेरी सुनको मुल्य तोलामा ८ सय रुपैयाले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहिबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाले घटेको छ । आज तेजावी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ८२ हजार ३ सय र तेजावी सुनको मुल्य ८२ हजार रुपैयामा बिक्रि वितरण भईरहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले घटेको छ । बिहिबार चाँदीको मुल्य प्रतितोला ८ सय ६० रुपैयामा कायम भएको छ ।
पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।