घट्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर!

काठमाडौँ, फागुन २८ । फागुन महिनाभर  लगातार उकालो लागिरहेको सुनको मुल्य मंगलबार तोलामा २ सय रुपैयाले बढेको थियो । तर आज भने सुनको मुल्य  तोलामा ४  सय रुपैयाले घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ८२  हजार ३  सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाले घटेको  छ । आज तेजावी सुन प्रतितोला ८२  हजार रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । मंगलबार  छापावाला  सुन प्रतितोला ८२  हजार ७ सय र तेजावी सुनको मुल्य ८२  हजार ४  सय रुपैयामा  बिक्रि वितरण भईरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको छ  ।

त्यस्तै  आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  बुधबार  चाँदीको मुल्य प्रतितोला ८ सय ८०   रुपैयामा कायम भएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:४९

आज फेरी घट्यो सुनचाँदीको मुल्य, यस्तो छ भाउ!