मङ्सिर २५ गतेको राशिफल : मङ्गलबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। मङ्सिर २५ गते मङ्गलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

मङ्सिर २५ गतेको पञ्चाङ्ग : –

दिन : मंगलवार
तिथि : दशमी ०१:४ बजेसम्म, त्यसपछी एकादशी
नक्षत्र : उत्तरभाद्रपदा ११:४३ बजेसम्म, त्यसपछी रेवती
योग : व्यतीपात २१:१ बजेसम्म, त्यसपछी वरियान्
करण : तैतिल १४:१४ बजेसम्म, त्यसपछी गर ०१:०४बजेसम्म, त्यसपछी वणिज

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको लागि लाभदायी दिन छ। व्यापार र व्यवसायमा अपेक्षित सफलता मिल्न सक्ला। घरको सजावटमा नयाँपन रहनेछ। सामाजिक प्रसंगमा उपस्थित हुनुहुन्छ। रमणीय स्थानमा आनन्द लुट्न सक्नुहुन्छ। आय वृद्दि होला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

नयाँ योजना र विचारधाराको नवीनताबाट व्यापार प्रगतिको दिशामा अग्रसर होला। कार्य सफलता मिल्न ढिलाई हुन सक्छ। पद्दोन्नति हुन सक्छ। मध्यान्नपछि व्यापारको अनुकुल वातावरण सिर्जना होला। पिता ठुला व्यक्तिको आशिर्वाद प्राप्त गर्नुहुन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

खानपिनमा विशेष ध्यान दिनुहोला। नकारात्मक विचारलाई मनबाट निकाल्नुहोला। अनैतिक र अप्रमाणिक कार्यले विपत्तिमा पुर्याउन सक्छ। मध्यान्नपछि मानसिक अवस्थामा कमी आउनेछ। लेखन वा साहित्यिक प्रवृत्तिमा रुची रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कसैसँग भावनात्मक सम्बन्ध बाध्न सक्नुहुन्छ र त्यस सम्बन्धमा केहि आधिक भावनाशील रहनुहुन्छ। मध्यान्नपछि स्वास्थ्य बिग्रिन सक्ला। उग्र बोली नगरेको नै उत्तम साबित हुन्छ। नयाँ कार्य प्रारम्भको लागि शुभ दिन छैन।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

व्यापार विस्तृतिकरणको दृष्टिले पैसाको आयोजन गर्नको लागि अनुकुल दिन छ। व्यवसायिक लाभ होला। धनप्राप्तिको प्रबल योग छ।  आर्थिक रूपले आम्दानी वृद्दि हुँदा आर्थिक कष्ट टाढा हुनेछ। राम्रो कपडा र खानपिनले मन प्रफुल्लित रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कपडा खरिद गर्दा आनन्द र रोमाञ्चक महसुस गर्नुहुन्छ। कला प्रति अभिरुचि विशेष रहनेछ। व्यापार विकास हुँदा आनन्द  छाईरहनेछ। व्यवसायमा समय अनुकुल छ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको लागि दिन शुभ फलदायी छ। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। परिवारमा झगडा नहोस यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि स्वस्थ अनुभव गर्नुहुन्छ। विधार्थीको लागि समय अनुकुल छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको दिन व्यवसायको लागि अनुकुल छ। घरायसी जीवन आनन्दमय रहला। भाई-बहिनीसँग सम्बन्ध राम्रो रहला। शारीरिक र मानसिक रुपले निराश अनुभव होला। परिवारसँग मतभेद खडा होला। धन हानिको योग छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

बोली र व्यवहारमा ध्यान राख्नुहोला। आध्यात्मिक विचार र प्रवृत्तिमा दिनभर मन लागिरहनेछ। मध्यान्नपछि चिन्ता कम हुँदा मानसिक शान्ति अनुभव होला। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुन्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

व्यवसायिक क्षेत्रमा अनुकूल वातावरण रहनेछ।  प्रत्येक कार्य बिना विध्न नै सम्पन्न होला। घरायसी जीवनमा उग्र वातावरण बनिरहनेछ।  आध्यात्मिक प्रवृत्तिमा अभिरुचि रहनेछ। मध्यान्नपछि  नकारात्मक विचारले आक्रमण गर्दा मनमा निराशाको बादल छाईरहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मानसिक रुपले धार्मिक भावनाको उदय हुनेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च गर्नुहुन्छ। अदालती कार्यमा सफलता प्राप्त हुनेछ। ईश्वरको आराधनाले मनलाई शान्ति प्रदान गर्नेछ। मध्यान्नपछि प्रत्येक काम सरलतापुर्वक सम्पन्न हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

व्यवसायिक क्षेत्रमा  लाभ होला। पारिवारिक जीवनमा सुख-शान्ति छाईरहनेछ। धार्मिक कार्यमा खर्च हुन सक्ला। मध्यान्नपछि कुनै कारणवश मानसिक रुपले चिन्तित रहनुहुन्छ। परिवारमा शान्तिदायी वातावरण रहनेछ।

अर्को समाचार:

मङ्सिर २६ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?