कार्तिक २९ गतेको पञ्चाङ्ग र राशिफल :
दिन : बिहीवार
तिथि : त्रयोदशी ०७:४६ बजेसम्म, त्यसपछी चतुर्दशी ०५:२३बजेसम्म, त्यसपछी पूर्णिमा
नक्षत्र : अश्विनी ००:१४ बजेसम्म, त्यसपछी भरणी
योग : सिद्धि ११:२६ बजेसम्म, त्यसपछी व्यतीपात
करण : तैतिल ०७:४३ बजेसम्म, त्यसपछी गर १८:३२ बजेसम्म, त्यसपछी वणिज ०५:२३ बजेसम्म, त्यसपछी भद्रा
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
दिन नराम्रो छैन । धेरै काम बन्नेछन् । जाँगर बढी रहला । महìवपूर्ण व्यक्तिसँग पनि भेटघाट हुनसक्छ । बेलुकीदेखि स्वास्थ्यसम्बन्धी समस्या परेर केही बाधा उपस्थित हुनसक्छन् । व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
दिनलाई निकै राम्रो रूपमा लिन सकिन्छ । सुरुका दिनमा मित्रसँग भेटघाट हुने र भोजभतेरसमेत पर्ने सम्भावना छ । आर्थिक स्थिति राम्रो खालको रहला, नयाँ कामसमेत हातमा पर्न सक्छन् । व्यापार, व्यवसायमा भने त्यति ठूलो प्रगति देखिन्न ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सुरुका दुई दिनमा प्रशस्त खर्च हुनेछ । हातले समातेको व्यवसायमा बाधाहरू आउनाले पनि मन खिन्न होला । नारायणको दर्शन गरेमा त्यस्ता बाधालाई हटाउन सकिनेछ । खर्चको मात्रा भने घट्ने देखिन्न । ज्ञानको क्षेत्रमा केही बढोत्तरी नै हुनेछ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
स्वास्थ्यका कारणले खर्च भइरहला । मनमा चाहिने नचाहिने शङ्का उठेर पूरा गर्नुपर्ने लक्ष्यमा बाधा आउन सक्छ । रिस गर्ने विपक्षीहरू बढी रहेका छन् । बगलामुखीको सेवा नगरीकन तिनीहरूमाथि विजय पाउन गाह्रो छ । व्यापार र व्यवसायले भने अलिकति टेवा देला ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मध्यम खालको समय छ । आधा काम बन्ला भने आधा बाँकी रहनेछन् । मद्दत दिने मित्रको सङ्ख्या साह्रै कम छ । बौद्धिक स्थिति त्यति कमजोर छैन । मध्य भागले चिन्ता बढाउला ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
दिनलाई राम्रै रूपमा लिन सकिन्छ । अलिकति खर्चको मात्रा बढे पनि सानातिना समस्या सजिलैसित समाधान भएर जानेछन् । व्यापार र व्यवसायको कामबाट मनग्गै लाभ उठाउन सक्नुहुनेछ । मित्रहरू पनि असल खालका छन् र मद्दत नै दिनेछन् ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
दिन त्यति राम्रा छैनन् । सोच्दै नसोचेको समस्या आएर मनमा खिन्नता होला । त्यसैले बिहानै शिवजीको दर्शन गर्नुहोस् । अलिअलि खर्च भए पनि महत्वपूर्ण काममा सफलता नै पाउनुहुनेछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
मनमा डर लागिरहला । त्यसैले निर्णय गर्ने शक्ति हाल कमजोर देखिन्छ । शिक्षाको क्षेत्रमा पनि व्यवधान नै आउने स्थिति छ । विवाहसम्बन्धी कुरामा बाधा आउला । पारिवारिक मद्दत पनि सोचेको जति मिल्ने छैन । विदेश यात्राको सम्भावना ज्यादै कमजोर छ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आय र व्यय बराबरै छ । प्राविधिक प्रतिभाबाट आएको आयलाई पारिवारिक समस्या हल गर्नका लागि खर्च गर्नु पर्नेछ । माङ्गलिक काममा बाधा परेको अनुभव होला । त्यसैले कतैबाट विवाहसम्बन्धी प्रस्ताव आएमा झट्ट निर्णय नलिनुहोस् ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
खर्च भए पनि राम्रो काममा नै हुनाले त्यति खिन्नता हुने छैन । यात्राको सम्भावना टड्कारो रूपमा देखिन्छ । सम्मान र प्रतिष्ठा बढी रहला । त्यस्तै लगनशीलता पनि प्रशस्त बढेको छ । जागिरबाट भन्दा व्यापार, व्यवसायबाट बढी लाभ लिन सक्नुहुनेछ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
स्वास्थ्यसम्बन्धी समस्या परेर लक्ष्य पूरा गर्न ढिलो होला । अनेकौँ बाधा आउनाले थोरै मात्र काम बन्न सक्छ तर साहस घट्ने बेला छैन । भ्रमण भइरहला र भ्रमणबाट फाइदा पनि हुनेछ । प्रेमको सम्बन्धमा अझै पनि गति आउन सकेको छैन ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मनमा डर लागिरहला । त्यस्तै व्यस्तता पनि बढिरहनेछ । नयाँ काम हातमा पर्न सक्छन् । आर्थिक स्थिति पहिलेको जस्तो खराब देखिन्न । मद्दत दिने मित्रको सङ्ख्या कम भए पनि आफ्नै प्रतिभाले लक्ष्य पूरा गर्नु हुनेछ । गणेशको आराधना भने गरी नै रहनुहोस् ।