काठमाडौँ : – यो हप्ता व्रत, चाडपर्व र ग्रहको दृष्टिले विशेष रहने वाला छ। सप्ताहको तेस्रो दिन मङ्गलबार साउन १ गते लूतो फाल्ने, कण्डकारक पूजा, गुरिया पर्व (थारूहरूको), दक्षिणायन शुरु, श्रावण संक्रान्ति पर्नुका साथै सूर्यले कर्कट राशिमा प्रवेश गरेर शुभ दिनको सुरुवात गरेको छ। बुधबार साउन २ गते हरिशयनी एकादशीको साथै चतुर्मास व्रत शुरु हुनेछ र तुलसी रोपण पनि हुनेछ। बिहिबार साउन ३ गते प्रदोष व्रत परेको छ। शुक्रबार साउन ४ गते बुध सिंह राशिमा प्रवेश गर्नेछ र सप्ताहको समापन पूर्णिमाबाट हुनेछ। यो साता चन्द्रमाले तुला राशिबाट मकर राशिमा प्रवेश गर्नेछ। जान्नुहोस् सबै राशिको साप्ताहिक राशिफल : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
अति राम्रो साता छ । पुराना बाँकी रहेका धेरै काम बन्ने छन् । खर्च नघटे पनि यथेष्ट काम बन्नाले मनमा सन्तुष्टि नै हुनेछ । व्यावसायिक कामबाट सामान्य लाभ होला भने प्राविधिक कामबाट फलिफाप छ । शुक्रबार महìवपूर्ण खालको काम बन्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
साताका शनिबार र आइतबार बढी खर्च भए पनि बाँकी दिन राम्रा खालका छन् । मनमा भएको असन्तोष बिस्तारै घटेर जाला । शङ्काको वातावरण हट्नेछ भने विवाहसम्बन्धी काममा पनि केही प्रगति होला तर पूरै निश्चय भने हुने देखिँदैन । देवीको दर्शन गरिरहनुहोस् ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मध्यम खालको साता छ । सुरु र अन्त्य राम्रो भए पनि मङ्गलबार भने केही पिरलो पर्न सक्छ । खर्च घट्ने क्रममा छैन तर राम्रो काममा नै खर्च हुनाले मानसिक असन्तुष्टि भने देखिँदैन । स्वास्थ्यका बारेमा बढी सतर्क हुनुहोस् । गणेशको दर्शन नित्य गर्नुमा कल्याण छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
साताको बुधबारसम्म राम्रो छ । यात्रा हुने सम्भावना प्रबल छ र त्यो यात्रा फलदायी पनि हुनेछ । व्यावसायिक काम भने हाल त्यति सप्रने खालको देखिँदैन । मित्र सहयोगमा कमी हुनाले आफू एक्लैले सबै काम भ्याउनु पर्नेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सातालाई राम्रो रूपमा लिन सकिन्छ । पुराना बाँकी रहेका काम सरसर्ती बन्नेछन् । असल काम गर्नतिर मनको प्रवृत्ति जाला भने गरेको काम बन्ने पनि छ । मुद्दामामिला एवं वादविवादमा तपाईंकै जित हुने निश्चित छ । पराजयको लेस मात्र पनि हाल देखा पर्दैन।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् । त्यसैले शनिबार र आइतबार महìवपूर्ण काम नगर्नुहोस् । सोमबारदेखिका बाँकी दिन राम्रा खालका छन् । खर्च त घट्ने छैन तर असल काममा खर्च हुनाले मनमा सन्तोष नै हुनेछ । व्यावसायिक कामबाट विशेष फल प्राप्ति होला ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मध्यम खालको साता छ । अलि अलि काम बने पनि मनमा सन्तोष हुने छैन । बाधा दिनेहरू प्रशस्त छन् । गणेशको नित्य आराधना र दर्शनले मात्र उनीहरूसँग मुकाबिला गर्न सकिएला । मित्रले दिएको सल्लाहलाई मनन गर्नुहोस् । हाल परिवारले बढी मद्दत गर्नेछन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
साताको सुरु र अन्त्य त्यति राम्रो छैन । बीचको भागले मात्रै साथ दिनेछ । सानो काम गर्न पनि बढी खर्च गर्नु पर्ला । यात्रा भए पनि निरर्थक खालको यात्राले खास कुनै प्रगति हुने छैन । पढाइमा समय बढाउनुहोस्, धेरै नयाँ कुरा सिक्नुहुनेछ । परिवारबाट राम्रो सहयोग पाउनुहुनेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यो साता आधा काम बन्नेछन् भने आधा बाँकी रहनेछन् । खर्च बढी नै होला, त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । सहयोग दिनेको सङ्ख्या हाल त्यति देखिँदैन । यात्रा त होला तर निरर्थक खाले यात्रा नै बढी सम्भव छ । पढाइ र लेखाइमा समय थपेमा राम्रै उपलब्धि गर्नुहुनेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
त्यति राम्रो साता छैन । मनमा अनेकौँ शङ्का र डर लागिरहनेछन् । विशेष गरेर स्वास्थ्यका बारेमा शङ्का बढी छ । परिवारबाट पाउनुपर्ने सहयोग अति सीमित मात्रै देखिन्छ । विवाहसम्बन्धी कुरामा पनि त्यति गति आउने छैन । देवीको आराधनाले त्यसमा सुधार होला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यो साता खर्च बढी नै रहला । त्यसलाई घटाउन गाह्रो छ । व्यापारसम्बन्धी कामबाट राम्रै फाइदा लिन सक्नुहुनेछ । परिवार र मित्र भने असल खालका छन् । उनीहरूको सल्लाहलाई मान्नुहोस् । प्रेमसम्बन्धी कुरामा सफलता नै पाइनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
पछिल्ला दुई दिनबाहेक साताका बुधबारसम्म राम्रा छन् । सोचेकोभन्दा बढी नै आर्थिक लाभ लिन सक्नुहुनेछ । काम गर्ने जाँगर कत्ति पनि घटेको छैन । केही नयाँ कामसमेत हातमा पर्न सक्छन् । आफन्तबाट मिल्ने सहयोगमा कुनै कमी देखिँदैन ।