श्रावण संक्रान्तिको राशिफल : सूर्य कर्कट राशिमा प्रवेश गर्दा १२ राशिका दिन अनुकूल – प्रतिकूल कस्तो रहला ?

साउन १ गतेको पञ्चाङ्ग
दिन : मंगलवार
तिथि : दशमी १७:१६ बजेसम्म, त्यसपछी एकादशी
नक्षत्र : विशाखा ००:०९ बजेसम्म, त्यसपछी अनुराधा
योग : साध्य ०६:१३ बजेसम्म, त्यसपछी शुभ
करण : गर १७:१६ बजेसम्म, त्यसपछी वणिज ०५:४३बजेसम्म, त्यसपछी वणिज

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिनको प्रारम्भ मानसिक दुविधामा हुनेछ । अन्य व्यक्तिसँग जिद्दी व्यवहार छोड्नु हुनेछ र समाधानकारी व्यवहार अपनाउनु हुनेछ। नयाँ कार्य प्रारम्भ नगर्नुहोला। मध्यान्नपछि तपाईको उत्साह वृद्दि होला। परिवारसँग संवाद बढ्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको दिन मध्यम फलदायी रहला। मानसिक रुपले स्फूर्ति र आनन्द अनुभव होला। तपाईको सिर्जनात्मक र कलात्मक शक्ति वृद्दि हुन सक्छ। कार्यमा उत्साह बढ्नेछ। वैचारिक स्तरमा हराई रहनुहुनेछ। आवश्यक निर्णय नलिनु होला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन मिश्र फलदायी रहनेछ। तपाई चिन्ताले घेरिरह्नु हुन्छ। शारीरिक स्वास्थ्य पनि स्वस्थ रहला। मध्यान्नपछि सबै कार्यमा अनुकुलता अनुभव होला।  पारिवारिक वातावरण परिवर्तन होला। आर्थिक लाभ हुन सक्ला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको पारिवारिक तथा व्यावसायिक क्षेत्रमा लाभदायी रहला। स्त्री वर्गबाट लाभ हुने योग छ।  प्रिय पात्रसँग भेट होला। मानसिक तथा शारीरिक स्वस्थ्य स्वस्थ रहला। मध्यान्नपछि मनमा विभिन्न प्रकारको चिन्ताले सताउनेछ। खर्चको मात्रा बढ्नेछ। स्वास्थ्यको ध्यान राख्नुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन आनन्दपुर्वक बित्नेछ। व्यवसाय र व्यापार गर्ने व्यक्तिको लागि लाभदायी दिन छ। व्यापार वृद्दि होला। परिवार तथा मित्रसँग आनन्दपुर्वक पल मनाउनु हुनेछ। सन्तानको तर्फबाट लाभ मिल्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अनुकुल छ। तपाई भित्र अधिक धार्मिकता र भष्मिमत्ता रहनेछ। कार्यालय र व्यावसायिक स्थलमा अधिक कार्यभार हुनेछ। अपूर्ण कार्य पूर्ण दिशामा अगाडी बढ्नेछ।  घरायसी  जीवनमा मधुरता छाउनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

खानपिनमा विशेष ध्यान राख्नुहोला। अधिक कार्यभारले शिथिलता र मानसिक व्यग्रता अनुभव होला। यात्रा लाभदायी साबित हुनेछैन। मध्यान्नपछि कार्य गर्न प्रेरणा मिल्नेछ। विदेश स्थित आफन्तको समाचार मिल्नेछ। व्यापारमा आर्थिक लाभ मिल्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दाम्पत्यजीवन विशेष रुपले आनन्दमय रहला। परिवारसँग सामाजिक समारोहमा समावेश हुनुहुनेछ। मध्यान्नपछि नयाँ कार्यको प्रारम्भ नगर्नुहोला।  योग र ध्यानबाट मानसिक शान्ति प्राप्त होला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईको लागी दिन शुभ फलदायी रहला। शरीर र मन अस्वस्थ रहँदा अपूर्ण कार्य पूर्ण हुनेछ। आर्थिक आयोजन पनि हुनेछ। दाम्पत्यजीवन आनन्ददायी रहनेछ। सामाजिक रुपमा सफलता प्राप्त गर्नुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

वैचारिक स्तरमा विशालता र मधुर बोलीले अन्य व्यक्तिलाई प्रभावित गर्न सक्नुहुन्छ। नम्र बोलीले नयाँ सम्बन्ध स्थापना गर्न सहयोग गर्नेछ। मध्यान्नपछि रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ।  तपाईको दिन आनन्दका साथ बित्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

प्रत्येक कार्यलाई आत्मविश्वासपूर्वक सही रुपमा सम्पन्न गर्न सक्नुहुन्छ। सरकार आर्थिक व्यवहारमा पनि सफलता मिल्नेछ। वैचारिक समृद्धि  वृद्धि हुनेछ। मनमा प्रफुल्लितता रहनेछ। अधिक परिश्रम गर्दापनि कम फल प्राप्त होला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

आनन्द र उत्साह वृद्दि हुनेछ। कुटुम्बिक तथा आर्थिक विषयमा अधिक ध्यान दिनुहुनेछ। कुनै पनि कार्य दृढ मनोबल र आत्मविश्वास पुर्वक गर्नुहुनेछ। विधार्थीगण विद्यालय क्षेत्रमा राम्रो अभिव्यक्ति रहनेछन्।

अर्को समाचार:

आज साउने संक्रान्तिको दिनको सूर्य गोचरले बढाउनेछ यी राशिको कठिनाई, १ महिनासम्म रहनुस् सतर्क