ट्रफीको लागि केकेआरलाई ११४ रनको लक्ष्य, कसले मार्ला बाजी ?

एजेन्सी : आईपिएल २०२४ को फाइनल खेलमा आइतबार सनराइजर्स हैदराबाद ११३ रनमै समेटिएको छ। जुन आईपिएलको इतिहासमै अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो।

भारतको चेन्नईस्थित एम.ए. चिदाबरम स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हैदराबाद १९ औँ ओभरमै सबै विकेट गुमाएर अलआउट हुन् पुग्यो।

कोलकोता नाइट राइडर्सको शानदार बलिङको अगाडी निरिह बनेको हैदराबादका खेलाडीहरुले ब्याटिङमा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। हैदराबादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए भने ओपनर ट्राभिस हेड र अभिषेक शर्मा सस्तैमा आउट हुन् पुगे।

पावरप्लेमा मिचेल स्टार्कको घातक बलिङले कोलकोता नाइट राइडर्सलाई शानदार सुरुवात दिएको थियो। मिचेल स्टार्कले ३ ओभरमा २ विकेट हात पारे भने आन्द्रे रसेलले ३ विकेट र हर्षित रानाले २ विकेट लिए। यससँगै वैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नरायनले समान १-१ विकेट आफ्नो पोल्टामा पारे।

यतिबेला ११४ रनको लक्ष्य पच्छ्याउन कोलकोता नाइट राइडर्सका ओपनर रहमनुल्लाह गुर्बाज र सुनिल नरायन क्रिजमा छन्।

अर्को समाचार:

जेठ १४ गतेको राशिफल : सोमबार बन्नेछ बिग्रिएका काम, सावधानीपूर्वक पैसा खर्च गर्नुस् यी राशिले