वस्तु अनुसार घरको कुन दिशामा राख्नु पर्दछ जुत्ता-चप्पल, जान्नुहोस् अन्यथा भइनेछ कंगाल !

सनातन धर्ममा वास्तुशास्त्रको धेरै महत्त्व रहेको छ। वस्तुशास्त्रमा भनिन्छ कि यदि हामीले घरमा सामानहरू ठिक ठाउँमा राखेनौ भने नकारात्मक शक्तिहरू हाबी हुन्छन् र काम बिग्रन थाल्छ। योसँगै परिवार गरिबीतर्फ उन्मुख हुन थाल्छ। वास्तुशास्त्रमा घरमा जुत्ता र चप्पल राख्ने ठाउँको बारेमा पनि बताइएको छ। वास्तुका अनुसार हामी घरमा गलत ठाउँमा जुत्ता, चप्पल फुकालेर हामी आफैले गरिबलाई घरमा बोलाउने गर्छौँ । जान्नुहोस् यस बारे विस्तृत जानकारी-

वास्तुशास्त्रमा भनिएको छ । घरको मुख्य ढोकाबाट सकारात्मक ऊर्जा प्रवेश गर्छ। त्यसैले मुख्य ढोकालाई सुन्दर र सफा बनाउन बढी ध्यान दिइन्छ । तर धेरैले मुख्य गेटमै जुत्ता र चप्पलको थुप्रो राख्छन्। यो गलत तरिका हो, यसो गर्दा लक्ष्मीको आगमन पनि रोकिन्छ। त्यसैले भुलेर पनि घरको मुख्य प्रवेश द्वार नजिक जुत्ता फुकाल्नु हुँदैन।

गल्तीले पनि सुत्ने कोठामा जुत्ता राख्नु हुँदैन । यसो गर्दा पति पत्नीको सम्बन्धमा प्रतिकूल असर पर्ने र घरमा कलह आउने विश्वास गरिन्छ। कहिलेकाहीँ श्रीमान्–श्रीमतीको सम्बन्ध टुट्ने कारण बन्न पुग्छ। जसका कारण यस्तो गल्ती कहिल्यै नगर्नुहोस्।

वास्तुशास्त्रका अनुसार घरको कुनै पनि दिशामा जुत्ता र चप्पल राख्नु हुँदैन। विशेष गरी उत्तर-पूर्व दिशामा जुत्ता र चप्पललाई भुलेर पनि राख्नु हुँदैन।यसो गर्दा परिवारको आर्थिक अवस्था नाजुक हुन थाल्छ र परिवार ऋणको सिकार बन्न थाल्छ। यसको सट्टा घरको दक्षिण वा पश्चिम दिशामा जुत्ता र चप्पल राख्न सक्नुहुन्छ। यस कार्यको लागि यी दुवै दिशा शुभ मानिन्छ।

अर्को समाचार:

राति टुक्रिएको कपाल फाल्ने गल्ती कहिल्यै नगर्नुस्, अन्यथा हुनेछ अनर्थ: जान्नुहोस् !