यदि कुनै शुभ वा शुभ कार्यको लागि घर बाहिर जाँदै हुनुन्हुन्छ भने धार्मिक मान्यता अनुसार केही कुरा विशेष ध्यान दिन पर्ने हुन्छ। जस्तै अन्तर्वार्ता वा कुनै भेटघाट वा विवाह वा अन्य कुनै महत्वपूर्ण कामको कुरा गर्दा केही उपाय अपनानु सक्नु हुन्छ। तर यी उपायहरूको कुनै वैज्ञानिक तथ्य छैन, तर मानिसहरूले लामो समयदेखि यी उपायहरूलाई शुभ मान्दै आएका छन्। घरबाट बाहिर निस्कनुअघि के के उपाय अपनाउँद शुभ हुनेछ जान्नुहोस् ?
यदि कुनै विशेष कामको लागि घर बाहिर निस्कनुअघि चामलको सानो थुप्रोमा कलश राखेर डेढ रुपैयाँ राखेर धूप बालेर आरती गर्नुहोस्। यससँगै जना लागेको कममा सफलता मिलोस् भनी प्रार्थना गर्नुहोस्। यसपछि घर फर्केर शिव मन्दिरमा चामल र पैसा चढाउनुहोस्।
ज्योतिष शास्त्रका अनुसार घरबाट बाहिर निस्किँदा एकै स्वरमा भगवानको नाम लिनुहोस् वा मन्त्र जप गर्नुहोस्। यसो गर्नाले कार्य सम्पन्न हुने जनविश्वास छ साथै यात्रा पनि सुखद रहनेछ।
ज्योतिष शास्त्रका अनुसार घरबाट बाहिर निस्कनुअघि कसैलाई गाली वा गलत शब्द नबोल्नुहोस्। कसैसँग झगडा गरेर ननिस्कनुहोस्। घरबाट बाहिर निस्कनु अघि कुनै पनि नकारात्मक शब्द प्रयोग नगर्नुहोस्। यसो गर्दा काममा नकारात्मक प्रभाव पर्ने जनविश्वास छ।
घरबाट बाहिर निस्कँदा सखर खाएर पानी पिएर बाहिर निस्कनुहोस् । यसो गर्दा काममा सफलता मिल्ने जनविश्वास छ। यस बाहेक केही कालो खुर्सानी घरबाहिर छर्नुहोस् र त्यसमा पाइला राखेर निस्कनुहोस्, त्यसपछि पछाडि नहेर्नुहोस्।
कुनै पनि काममा सफलता पाउन घरबाट बाहिर निस्कनुअघि आफ्नो अनुहार ऐनामा हेर्नुहोस्। यसो गर्नु शुभ मानिन्छ। ऐनाले तपाईको भित्रको सकारात्मक ऊर्जालाई बढाउँछ भन्ने विश्वास गरिन्छ।