वास्तु वास्तु विज्ञानसँग सम्बन्धित छ। वास्तुशास्त्रले हामीलाई दिशाको ज्ञान दिन्छ। जसको सहायताले कुन चिज कुन दिशामा राख्दा राम्रो हुन्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ। यसले घरको सौन्दर्य बढाउनुका साथै वास्तु दोषलाई पनि टाढा राख्न मद्दत गर्छ। आज हामी केही विशेष वास्तु उपायको बारेमा बताउने छौँ। जसको मद्दतले घरमा धन लक्ष्मीको बास हुन्छ साथै धन लाभ हुन्छ।
हरियो बिरुवा वा पानीसँग सम्बन्धित उपाय
हरियाली बिरुवाहरूले वरपरको वातावरणलाई सकारात्मक उर्जाले भरिपूर्ण राख्न मद्दत गर्दछ। बिरुवाको वृद्धिले ऊर्जा र धनमा वृद्धि हुने सङ्केत गर्दछ।
जल स्रोत
वास्तुशास्त्रका अनुसार,सफा पानीले सुख र समृद्धिको प्रतिनिधित्व गर्दछ, त्यसैले आफू बस्ने टेबलको छेउमा बगिरहेको सफा पानी वा बगिरहेको पानीलाई चित्र राख्नुहोस् । जसको कारण धन आकर्षित गर्न मद्दत गर्छ।
धन राख्ने कन्तुर यस दिशामा राख्नुहोस्
वास्तुशास्त्रका अनुसार धनको स्वामी कुबेर उत्तर दिशामा बस्छन्। यदि घर वा अफिसमा पैसा राख्नको लागि तिजोरी छ भने यसलाई सधैँ उत्तर दिशामा राख्नु पर्छ। तिजोरीको ढोका दक्षिण दिशामा हुनु हुँदैन। भनिन्छ देवी लक्ष्मी दक्षिणबाट यात्रा गरी उत्तरमा रोकिन्छिन् ।
कार्यस्थल सफा राख्नुहोस्
वास्तुशास्त्र अनुसार काम गर्ने टेबलमा खानाको थाली राखेर खाना कहिल्यै खानु हुँदैन । यसले तपाईंको शरीर र काममा धेरै नकारात्मक प्रभाव पार्छ। काम गर्ने ठाउँ सधैँ सफा राख्नुहोस्। जसले गर्दा मन काममा लागोस्।