बिग्रँदो स्वास्थ्य अवस्था-आर्थिक अभावका कारण चिन्तित हुनुहुन्छ, गर्नुहोस् आज बिहीबार सम्बन्धी यस्ता उपाय, बदलिनेछ भाग्य !

धार्मिक मान्यता अनुसार साताको ७ दिन नै कुनै न कुनै भगवानको नाममा समर्पित हुने गर्दछ । आज बिहीबार गुरु बृहस्पति र भगवान विष्णुको पूजा गर्न शुभ दिन मानिन्छ। यस दिन विधिपूर्वक भगवान विष्णुको पूजा आराधना गर्नाले मानिसका सबै अशुभ प्रभाव हटेर घरमा सुख-समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यदि विभिन्न समस्याहरु सँग सङ्घर्ष गरिरहनु भएको छ भने आज हामी बिहीबारसँग सम्बन्धित विभिन्न उपायहरू बताउँदै छौ जसलाई गर्नाले सबै समस्या हट्ने मान्यता रहेको छ।

यदि आफ्नो सन्तानको भविष्यको बारेमा चिन्तित हुनुहुन्छ भने। उसले भविष्यमा के गर्छ भन्ने कुराम चिन्तित हुनुहुन्छ भने आजको दिन उसलाई साथमा लैजानुहोस् र उसको हातबाट कालो कम्बल खाँचोमा परेकाहरूलाई दान गर्नुहोस्। यो उपायले बच्चालाई अगाडि बढ्नको लागि सही बाटो मिल्छ र भविष्यको लागि कडा परिश्रम गर्न थाल्छ भन्ने मान्यता छ ।

प्रेममा बाँधिएका तर आफ्नो जीवनसाथी बनाउन नसक्ने व्यक्तिले यस दिन भगवान गणेशलाई दुबो र हरियो वस्त्र चढाउनुपर्छ । यसका साथसाथै भगवान गणेशको अगाडी जोडी जीवनको लागि प्रार्थना गर्नुहोस्। भगवान गणेशको आशीर्वादले मनपर्ने जीवनसाथी प्राप्त हुने जनविश्वास छ ।

जसको परिवारमा कलहको अवस्था छ । परिवारका सदस्यहरू एक-अर्कालाई सहयोग गर्दैनन्। कमाई कम र खर्च बढी हुन्छ । उनीहरूले आज विशेष उपायहरू पनि लिन सक्छन्। आज भगवान गणेशलाई बेसारको टिका लगाउनुपर्छ । यसपछि उनलाई फूल माला चढाउनुहोस् । यो उपायले परिवारसँगको सम्बन्धलाई मजबुत हुने बताइएको छ ।

अर्को समाचार:

भुलेर पनि उपहारमा यस्ता बस्तु लिनु हुँदैन, गरिबीले भित्रिनुको साथै घरमा पारिवारिक बढ्छ !