सुनझैँ सुनौलो हुनेछ आउँदो २५ दिन : यी ५ राशिमाथि कृपालु रहनेछ मङ्गलदेव, आउनेछ खुब पैसा

काठमाडौँ : मङ्गल ग्रहलाई सबै ग्रहहरुको सेनापति भनिन्छ। मङ्गल ग्रहले राशि परिवर्तन गर्दा त्यसको शुभ-अशुभ प्रभाव सबै राशिहरुमा पर्छ। मङ्गलले असोज ३१ गते सोमबार मिथुन राशिमा गोचर गरेको छ। मिथुन राशिमा मङ्गल कार्तिक २७ गते आइतबारसम्म रहनेछ। यस्तो अवस्थामा आउँदो लगभग २५ दिन पाँच राशिका लागि निकै लाभदायी साबित हुनेछ। मङ्गलदेवको कृपाले यिनलाई धेरै धन लाभ हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मङ्गल ग्रहको राशि परिवर्तनले मेष राशिका जातकलाई धनलाभ हुनेछ। काममा परिवर्तन आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। हालको जागिरमा पदोन्नति पनि हुन सक्छ। बेरोजगारले रोजगारीको अवसर पाउनेछन्। व्यापार-व्यवसाय गर्ने जातकलाई पनि लाभ हुनेछ। नयाँ व्यापार-व्यवसाय सुरु गर्नको लागि यो समय उत्तम छ। योजनापूर्वक गरेका सबै कार्य सफल हुनेछन्। भाग्यले पनि तपाईलाई साथ दिनेछ। पुरानो तनाव र रोग समाप्त हुनेछ। विवाहको योग बन्न सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका मानिसहरूलाई मङ्गल ग्रहको गोचरले धेरै खुशी दिनेछ। भाग्यले भरपूर साथ दिनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम सफल हुनेछन्। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। परिवारमा सुख शान्ति छाउनेछ। सन्तान सुख मिल्नेछ। ठूलो धन लाभ हुनेछ। समाजमा मान-सम्मान बढ्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मङ्गल ग्रहको राशि परिवर्तनले कन्या राशिका मानिसहरुलाई भरपूर सुख सुविधा दिनेछ। नयाँ घर तथा सवारी साधन खरिदको योग बन्न सक्छ। कुनै शुभ कार्यको शिलशिलामा लामो यात्राको अवसर जुर्न सक्छ। सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। भगवानप्रतिको आस्था बढ्नेछ। घरमा कुनै शुभ या माङ्गलिक कार्य हुन् सक्छ। नयाँ व्यापार-व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो छ। धन आगमन बढ्नेछ। पुराना सबै सपना साकार हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका लागि पनि मङ्गल ग्रहको राशि परिवर्तन हुनु शुभ साबित हुनेछ। करियर राम्रो रहनेछ। पुरानो साथीभाईसँग भेटघाट हुनसक्छ। साथीबाट धन-लाभ हुन् सक्छ। अड्डा-अदालतका मुद्दा-मामिलाहरु टुङ्गो लाग्नेछ। घरमा सुख-शान्ति र खुशीको माहोल बन्नेछ। धन आर्जनका नयाँ साधनहरु फेला पार्नुहुनेछ। व्यापार व्यवसाय राम्रै हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। शत्रु कमजोर हुनेछन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका व्यक्तिहरूलाई मङ्गल ग्रहको गोचरको कारण धन र भाग्य दुवै मिल्नेछ। भाग्यले हरपल साथ दिनेछः। जीवनमा केही ठूलो सफलता हासिल गर्नुहुनेछ। नोकरी तथा व्यवसायमा धन लाभ गर्नुहुनेछ। शेयर बजारमा पैसा लगानी गर्नको लागि समय राम्रो रहेको छ। परिवारमा तपाईको मान सम्मान बढ्नेछ। अविवाहितहरूले नयाँ जीवनसाथी पाउन सक्छन्। भगवानको कृपा तपाईको साथमा रहनेछ। लामो यात्रा तय हुन् सक्छ।

अर्को समाचार:

बिग्रँदो स्वास्थ्य अवस्था-आर्थिक अभावका कारण चिन्तित हुनुहुन्छ, गर्नुहोस् आज बिहीबार सम्बन्धी यस्ता उपाय, बदलिनेछ भाग्य !