काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहको हलचलले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। अक्टोबर महिनामा धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्दैछन्। यसमा बुध ग्रहको कुरा गर्ने हो भने यहीँ अक्टोबर २ तारिख यानी असोज १६ गते आइतबार मार्गी हुँदैछ। बुध देवले हामीलाई बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रतासँग सम्बन्धित चीजहरुमा फाइदा दिन्छ। अक्टोबर महिनामा बुधको गोचर केही राशिका लागि धेरै लाभदायक साबित हुनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
अक्टोबर महिना मेष राशिका जातकको लागि निकै शानदार साबित हुनेछ। यो महिना तपाईको सम्पूर्ण मनोकामना पूरा हुनेछन्। पुराना रोकिएका काम समयमै पूरा हुनेछन्। रोकिएका धन प्राप्त हुनेछ। काममा प्रगति गर्नुहुनेछ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। नयाँ व्यापार-व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने उनीहरुका लागि यो समय उत्तम रहेको छ। परिवारमा सुख र शान्तिको माहोल बन्नेछ। पुराना दुख-दर्दहरुबाट छुटकारा पाउनुहुनेछ। कुनै शुभ कार्यको लागि लामो यात्रामा जान सकिनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। पुराना आफन्त र साथीभाइसँग भेटघाट हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि अक्टोबर महिना आर्थिक रुपमा अत्यधिक राम्रो रहनेछ। यो महिनामा माता लक्ष्मीको कृपा प्राप्त हुनेछ। चारैतिरबाट धन-लाभ हुनेछ। धन आर्जनको नयाँ श्रोत र साधनहरु फेला पार्नुहुनेछ। आफन्तजनबाट प्रशस्त धन लाभ हुनेछ। कतै पैसा लगानी गर्न चाहनुहुन्छ भने यो सबैभन्दा उपयुक्त समय हो। नयाँ घर-जग्गा खरिदको योग बनेको छ। अड्डा-अदालतको मामिला टुङ्गो लाग्नेछ। अविवाहितहरुको विवाहको योग बन्न सक्छ। विदेश यात्राको योग बन्न सक्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका लागि अक्टोबर महिनाले शुभ फल दिनेछ। जुन काममा हात हाल्नुहुन्छ त्यो काम बन्नेछ। पति-पत्नीबीचको सम्बन्धमा सुधार आउनेछ। परिवारमा सुख, शान्ति र समृद्धि छाउनेछ। धन-सम्पत्तिको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। समाजमा तपाईको मान-सम्मान बढ्नेछ। सन्तानले शुभ समाचार दिनेछन्। शेयर बजारमा पैसा लगानी गर्नको लागि समय सही रहेको छ। काममा प्रगति गर्नुहुनेछ। ठूला कम्पनीबाट कामको प्रस्ताव आउन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका लागि अक्टोबर महिना निकै लाभदायी रहनेछ। तपाईका पुराना दुख र समस्याहरु पूर्ण रुपमा समाप्त हुनेछन्। भगवानप्रति तपाईको आस्था बढ्नेछ। विवाहको योग बन्न सक्छ। मानसिक तनाव कम हुनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। परिवारमा हर्षोल्लास र खुशीको वातावरण रहनेछ। पुराना साथीभाइसँगको भेटघाटले ठूलो लाभ मिल्नेछ। प्रियजनसँग राम्रो समय बित्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक स्थिति मजबूत हुनेछ। प्रेम सम्बन्धको मामिलामा सफलता मिल्नेछ।