जीवनमा खुसी हुन हरेक श्रीमान श्रीमतीले यी ४ कुरामा अवश्य ध्यान दिनुहोस्

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा सुखी जीवन बिताउन धेरै कुराहरू उल्लेख गरेका छन्। आजको युगमा पनि आचार्य चाणक्यको नीति अपनाएमा जीवनको हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने मान्यता रहेको छ । साथै, आचार्य चाणक्यको केही नीतिहरू पारिवारिक र दाम्पत्य जीवनमा सुख र शान्ति कायम राख्न धेरै उपयोगी छन्। चाणक्य नीति अनुसार हरेक श्रीमान् र श्रीमतीको जीवनमा सुख र आपसी प्रेम रहने गरी मनमा राख्नु पर्ने ४ कुराहरु छन् । जान्नुहोस् ती चीजहरूको बारेमा…

आपसी कुरा गोप्य राख्नुहोस्
आचार्य चाणक्यले चाणक्य नीतिमा उल्लेख गरेका छन् कि प्रत्येक पति र पत्नीको पारस्परिक व्यक्तिगत कुराहरू हुन्छन् जुन दुवैले कुनै तेस्रो व्यक्तिसँग साझा गर्नु हुँदैन। अर्थात् पति-पत्नीको बीचमा हुने कुराहरू आफैँमा राख्दा दाम्पत्य जीवनमा सधैँ शान्ति रहन्छ। कहिलेकाहीँ तेस्रो व्यक्तिको कानमा गोप्य कुरा पुग्दा दम्पतीबीचको सम्बन्धमा फाटो आउन सक्छ।

अहंकारलाई कहिल्यै सम्बन्धको बिचमा नल्याउनुहोस्
चाणक्य नीतिका अनुसार जसरी सवारी साधनको सएउटा पांग्रामा खराब भएमा सवारी चल्न सक्दैन । त्यसैगरी श्रीमान्–श्रीमती पनि एक रथका दुई पांग्रा हुन् । दुवैले आ–आफ्नो जिम्मेवारी सँगै निर्वाह गरे भने दाम्पत्य जीवनको गाडी राम्रोसँग चल्छ । आचार्य चाणक्यको भनाइ छ, कुनै पनि काम दुवैले एकअर्काको प्रतिस्पर्धी नभई साझेदार भएर गर्नुपर्छ । जहाँ तपाईको सम्बन्धमा अहंकारको भावना हुन्छ, त्यहाँ सम्बन्धमा फाटो आउन थाल्छ। त्यसैले पति र पत्नीले एकअर्काको विषयमा कहिल्यै घमण्ड गर्नु हुँदैन।

एक अर्कालाई सम्मान गर्न महत्त्वपूर्ण हुन्छ
पति पत्नीले एकअर्कालाई माया र सम्मान दिँदासम्म दाम्पत्य जीवनमा सुख रहिरहन्छ । चाणक्य नीतिका अनुसार श्रीमान्–श्रीमतीको सम्बन्धमा प्रेमसँगै एक–अर्काको सम्मान हुनु पनि अति आवश्यक हुन्छ । एक-अर्काको भावनालाई सम्मान गर्नुहोस्। आवश्यकताहरू बुझ्नु पर्दछ। तब मात्र दाम्पत्य सम्बन्ध बलियो हुन्छ।

धैर्यवान हुनुहोस्
आचार्य चाणक्यले पनि सुखी दाम्पत्य जीवनका लागि धैर्यतालाई आवश्यक तत्व मानेका छन् । अर्थात् सफल दाम्पत्य जीवनका लागि पति पत्नी दुवैले धैर्यता अपनाउनुपर्छ । जीवनमा आउने हरेक समस्यालाई धैर्यताका साथ समाधान गर्ने प्रयास गर्नुपर्छ। तब मात्र सम्बन्ध सुमधुर हुन्छ ।

अर्को समाचार:

पितृ पक्षमा यी चीजको गर्नुहोस् दान, जीवनमा बढ्नेछ सुख-समृद्धि