पितृ पक्षमा यी चीजको गर्नुहोस् दान, जीवनमा बढ्नेछ सुख-समृद्धि

धार्मिक मान्यता अनुसार हाम्रा पुर्खाको आत्माको शान्तिको लागि र पितृदोषबाट बच्न गंगा स्नान, पिण्ड दान, श्राद्ध कर्म र तर्पण आदि गर्ने गरिन्छ । । यसबाट पितृहरु प्रसन्न भएर आशिर्वाद दिने जनविश्वास रहेको छ । त्यस्तै ज्योतिष शास्त्रका अनुसार पितृ पक्षमा केही वस्तुको दान गर्नु निकै फलदायी मानिन्छ । यसले जीवनमा सुख, सौभाग्य र समृद्धि बढाउँछ। तसर्थ जान्नुहोस् ज्योतिष शास्त्र अनुसार श्राद्ध पक्षमा कुन–कुन वस्तु दान गर्नु शुभ हुनेछ ।

अन्न दान
धार्मिक शास्त्रमा अन्न दानलाई धेरै पुण्यको काम मानिएको छ। जसलाई कलियुगमा महादान भनिन्छ। साथै, ज्योतिष शास्त्रका अनुसार पितृ पक्षमा कुनै अभावमा परेका व्यक्ति वा ब्राह्मणलाई अन्न दान गर्नाले पितृहरू प्रसन्न हुन्छन् र परिवारको वृद्धिको लागि आशीर्वाद दिने मान्यता रहेको छ ।

तिल दान
शास्त्रका अनुसार श्राद्ध कर्मको पूजामा तिलको प्रयोग गर्नु निकै शुभ मानिन्छ । तिल बिना पितृहरूलाई दिइएको जल उनीहरूले प्राप्त गर्न नसक्ने विश्वास रहेको छ । अर्कोतर्फ पितृ पक्षमा पितृको श्राद्ध गर्न नसके एक मुट्ठी तिल दान गर्नाले पुण्य प्राप्त हुने ज्योतिषशास्त्रमा उल्लेख छ ।

घिउ दान
आश्विन महिनासँगै पितृपक्षमा गाईको दूधबाट बनेको शुद्ध घिउ पितृपक्षमा दान गरेमा पितृहरू प्रसन्न भई पूर्ण आशीर्वाद दिने मान्यता रहेको छ ।

नुन दान
पितृ पक्षमा भोजनसँगै नुन दान गर्नु शुभ मानिन्छ । नुन दान गर्नाले पितृदोष मात्र नभई जीवनमा रहेको नकारात्मक उर्जा पनि नष्ट हुने ज्योतिषशास्त्रको विश्वास छ ।

अर्को समाचार:

हरेक पत्नीले जानाजानी आफ्नो पतिबाट लुकाउँछन् यी ५ विशेष कुरा, सम्बन्धमा पर्छ यस्तो असर