खराब समिक्षाको बाबजूद पनि बक्स अफिसमा किन सफल भयो ‘ब्रह्मास्त्र’ ? यस्ता छन् ५ कारण

एजेन्सी : बलिउड फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा राम्रो सफलता पाइरहेको छ। लामो समयपछि बलिउडले सफलताको स्वाद चाख्न पाएको छ। ब्रह्मास्त्रलाई आखिर किन यति धेरै रुचाईयो त ? प्रस्तुत छन् पाँच कारण…

हिन्दी फिल्ममा पहिलो पटक भिएफएक्स

सामान्यतया हलिउड फिल्ममा यस्ता स्पेशल इफेक्ट देख्न पाइन्छ तर ब्रह्मास्त्रमा पहिलो पटक यस्तो भिएफएक्स प्रयोग गरिएको थियो।

बच्चाहरूले मन पराए

ब्रह्मास्त्रलाई बालबालिका र किशोरकिशोरीहरूले धेरै मन पराएका छन्। यो फिल्मको सफलतामा उनीहरुको अहम योगदान रहेको छ।

कथाको धार्मिक-पौराणिक सम्बन्ध 

ब्रह्मास्त्रको कथालाई धार्मिक र पौराणिक मान्यतासँग जोडिएको छ, जसले गर्दा यसप्रति ध्यानाकर्षण बढेको छ।

हिट गीत र शानदार स्टारकास्ट

फिल्मका दुई गीत फिल्म रिलिज हुनुअघि नै हिट भएका थिए। रणबीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, मौनी रोय, डिम्पल कपाडिया, शाहरुख खान जस्ता कलाकारहरुले फिल्मप्रतिको मानिसहरुको चासो थपिएको छ।

४१० करोड भारु बजेट 

ब्रह्मास्त्रका ३ पार्ट ४१० करोडमा बन्ने भएपनि दर्शकले यो पहिलो फिल्मको बजेट नै यति धेरै भएको ठाने। यति ठूलो बजेटको फिल्म किन नहेर्ने त भन्दै दर्शक हलसम्म तानिए।

अर्को समाचार:

जब आयुष्मान खुरानाले केटालाई किस गरे, यस्तो थियो पत्नी ताहिराको रियाक्सन