एजेन्सी – केहि दिनमै सेप्टेम्बर महिना शुरु हुँदैछ। महिना परिवर्तनसँगै ग्रहहरुको स्थिति अनुसार हरेक राशिले प्राप्त गर्ने फल बारे ज्योतिषीहरुले अनुमान लगाउने गर्छन्।
ज्योतिषीहरुका अनुसार सेप्टेम्बर महिना निम्न तीन राशि हुनेहरुलाई अशुभ रहन सक्नेछ।
मिथुन
सेप्टेम्बर महिनाभर मिथुन राशि हुनेहरुलाई आर्थिक सङ्कट आइलाग्न सक्छ। जागिर अथवा व्यापारमा समस्या आउन सक्ला भने दैनिकी समेत प्रभावित हुने देखिन्छ। शारीरिक र मानसिक स्वास्थ्य कम्जोर रहला। परिवारमा हुने खर्च बढ्न सक्छ। संचित धन खर्च गर्ने अवस्था पनि आउने देखिन्छ।
वृश्चिक
महिना खासै शुभ रहने देखिँदिन। यात्राका मौका मिले पनि फाइदाजनक रहने देखिँदैन। आँखा चिम्लेर विश्वास गर्ने प्रवृतिको कारण धोका हुन सक्ला। लेन-देन देखि टाढा रहनुका साथै नयाँ कार्य थालनी नगरेकै उचित हुने देखिन्छ। शत्रु सक्रिय रहने र आफन्तबाटै पनि धोका हुन सक्ने हुँदा कार्यसम्पादनमा दख्खल पुग्न सक्ला।
तुला
तुला राशि हुनेहरुको लागि पनि सेप्टेम्बर महिना खासै शुभ रहने देखिंदैन। गोपनियता बाहिरिन सक्ने हुँदा सतर्क रहनु उचित हुन सक्छ। बहुमुल्य सामान हराउन सक्ला भने कानुनी समस्या पनि बढ्ने देखिन्छ। सरकारी क्षेत्रबाट व्यापारमा हस्तक्षेप हुन सक्ला। प्रेम जीवन र पारिवारिक जीवन बीच तालमेल मिलाउन नसक्दा मानसिक रुपमा तनाव बढ्नेछ।