सुर्य , मंगल , बुध र शुक्र ग्रह एकसाथ सिंह राशिमा प्रवेशले चतुर्ग्रही योग बनेको छ। यस भन्दा पहिले यो योग २३ जुलाई देखि २९ जुलाईको बिचमा कर्कट राशिमा , ३ अगस्ट देखि ७ अगस्टको बीचमा पुन: कर्कट राशिमा बनेको थियो भने २६ अगस्ट(भदौ ९ गते) देखि सेप्टेम्वर ८(भदौ २२) को बिचमा सिंह राशिमा बन्न लागेको छ।
कर्कट राशी जल तत्वको राशी हो र यस राशिमा बनेको चतुर्ग्रही योग बाढी , भु-क्षय र प्राकृतिक विपत्तिको कारण बन्न पुग्छ किनकी मंगललाई भुक्षय ,सुप्रभात र सुर्य अग्नि ताण्डवको बिशेष कारक मानिन्छ। तथापी चतुर्ग्रही योग सूर्यको राशि सिंहमा बन्ने हुँदा प्राकृतिक बिपत्तिमा कमि आउने देखिन्छ। यस योगका कारण १२ राशिमध्ये कुन राशिका लागि शुभ र कुन राशिका लागि अशुभ रहला हेर्नुहोस।
मेष
राशिमा पाँचम भावमा बनेको योगले प्रतिष्पर्धात्मक क्षेत्रमा लाभ हुनेछ। सन्तान सुख मिल्नेछ। दाम्पत्यजीवन सुखमय रहने छ।
वृष
राशिको चतुर्थ भावमा बन्ने योगले भौतिक सुख समृद्धिमा वृद्धि हुनेछ। मानसिक तनाव बढेर जानेछ। ठुला बडाको आशिर्वाद पाइने छ।
मिथुन
परक्रममा वृद्धि भएर जानेछ। कार्यमा सफलता मिल्नेछ। पारिवारिक मतभेद सिर्जना भएर जानेछ। भातृत्व सुख मिल्नेछ।
कर्कट
पारिवारिक कलह बढ्नेछ। बोलीचालीमा संयम रहनु पर्नेछ। रिसलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।
सिंह
सिंह राशिमा बनेको चतुर्ग्रही योग लाभदायक सिद्ध भएर जानेछ। नया कार्य हात हुनेछ। स्वास्थ्य अनुकुल रहने छ।
कन्या
राशिको १२ औं भावमा बनेको यो योगले हानी पुर्याउने देखिन्छ। अनावश्यक खर्च बढेर जानेछ। मानसिक तनाव र शारीरिक आलस्यता बढेर जानेछ।
तुला
व्यापार व्यवसायमा लाभ मिल्नेछ। नोकरीमा पदोन्नतीको योग रहेको छ। सन्तान सुख मिल्ने छैन।
वृश्चिक
सरकारी कार्यमा सफलता मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। नोकरीमा पदोन्नतीको योग रहेको छ।
धनु
धनु राशिको भाग्य भावमा बनेको यो योगले सुखद यात्राको अवसर मिल्नेछ। कामको सन्दर्भमा बाहिर जाने अवसर मिल्नेछ। व्यापार व्यवसायका दृष्टिले समय अत्यन्तै लाभदायी रहेको छ।
मकर
दृढ आत्मविश्वास र मनोबलका कारण हरेक कार्यमा सफलता मिल्नेछ। प्रतिष्पर्धामा भने सहभागी नहुदा नै राम्रो हुनेछ। कार्यक्षेत्रमा अनावश्यक बादविवाद हुनेछ।
कुम्भ
व्यापार व्यवसायका दृष्टिले समय लाभदायक रहेको छ। दाम्पत्यजीवनमा असमझदारी बढ्ने छ। अनावश्यक झै झमेलामा फस्ने सम्भावना रहेको छ।
मिन
मिन राशिका लागि छैठौं भावमा बनेको यो योग शत्रुभावमा बनेको छ। जसले गर्दा कठिन प्रयासका बाबजुत कार्यमा कम सफलता मिल्नेछ। स्वास्थ्यमा बिशेष विचार पुर्याउनु पर्ने देखिन्छ। अनावश्यक बादविवादबाट बच्नुपर्नेछ। पारिवारिक माहोल शान्तिपूर्ण रहनेछ।