हत्केलामा बनेको यस्तो रेखाले प्रेम बिवाह हुने संकेत गर्छ , तपाईको पनि छ कि ?

ज्योतिषीय मान्यता अनुसार हातमा बनेको हस्तरेखाले मानिसको सम्पूर्ण भुत, भविष्य र वर्तमानको बारेमा जानकारी दिने गर्छ। हस्तरेखामा बिश्वास नगर्नेहरुले पनि साथीको लह लहैमा लागेर होस् या एकपटक देखाईहालौं न त भन्ने विचारले गर्दा पनि जान्ने बुझ्ने ज्योतिषीसंग हात हेराउने गरेका छन।  यिनै रेखाहरु मध्ये हातमा यस्तो रेखा पनि रहेको हुन्छ जसले लव म्यारिज हुन्छ कि हुदैन भन्ने कुरालाई पनि प्रष्ट पारिदिएको हुन्छ।

यदि कुनै पनि मानिसको हातमा बिवाह रेखा र हृदय रेखाको दुरी कम छ यस्ता व्यक्तिको बिवाह कम उमेरमा हुने सम्भवना रहेको हुन्छ। त्यसै यदि बिवाह रेखाको सुरुवातमा पर्वतको चिन्ह हुन्छ यस्ता महिलाहरुको बिवाह धोकाबाजी ले हुने सम्भावना हुन्छ।

त्यस्तै बिवाह रेखा हृदय रेखाको नजिक भएका मानिसहरुको बिवाह २० बर्षभन्दा पहिले नै लव म्यारिज हुने सम्भावना रहेको हुन्छ।

यदि तपाइको हत्केलामा बिवाह रेखा हृदयरेखा देखि काटिएको तलतिर झुकेको हुन्छ यसलाई शुभ संकेत मानिदैन।  यस्ता व्यक्तिहरुको  लव म्यारिज भए पनि विभिन्न बाधा व्यवधानहरुको सामना गर्नु पर्ने हुन्छ।

यदि बिवाह रेखाको नजिक त्रिसुल समान कुनै चिन्ह बनेको छ भने यस्ता व्यक्तिहरुको पनि लव म्यारिज हुने सम्भावना रहेको हुन्छ।  यसका साथै यस्ता मानिसहरुले आफ्ना जीवनसाथीबाट अधिक माया पाउने समेत सम्भावना रहन्छ।

 

अर्को समाचार:

भोली राखी /जनै पुर्णिमा कसरी मनाइन्छ त यो पर्व ? जानिराखौं