भोली राखी /जनै पुर्णिमा कसरी मनाइन्छ त यो पर्व ? जानिराखौं

जीवनमा आइपर्ने समस्याहरुबाट रक्षा गर्नका लागि हातमा बाँधिने धागोलाई रक्षा बन्धन भनिन्छ। रक्षा बन्धनलाई जनै पुर्णिमा पनि भन्ने गरिन्छ।  रक्षा बन्धन विशेषगरी श्रावण शुक्ल पुर्णिमाको दिन मनाइन्छ। यस दिन दिदि बहिनीले आफ्ना दाजुको रक्षाका लागि हातमा राखी बाँध्ने  चलन रहेको छ।  राजसूय यज्ञको समयमा भगवान श्री कृष्णको रक्षा गर्नका लागि द्रौपदीले आफ्नो साडीको एक टुक्रा श्री कृष्णलाइ बाँधीदिएकी थिइन्। यसै समय देखि नै दिदीबहिनिले दाजु भाईको हातमा राखी बाँध्ने परम्पराको सुरुवात भएको मान्यता रहेको छ।

यस पण्डितद्वारा यजमानको हातमा राखी बाँधी मंगलमयको कामना पनि गर्ने गरिन्छ।  यस दिन वेदपाठी ब्राह्मणले  यजुर्वेदको पाठ गर्ने भएकाले पनि रक्षा बन्धनको दिन शिक्षाको आरम्भ गर्नुलाई शुभ मानिन्छ।  हिन्दु मान्यता अनुसार रक्षाबन्धनको दिन बाँधिएको राखी आफै नफ़ुकेसम्म फुकाल्नु नहुने जान विश्वास रही आएको छ।  यस पटकको जनै पुर्णिमा साउन ३० गते बिहिवारको दिन परेको छ।

रक्षाबन्धनको मुहुर्त 

यस पटकको  रक्षाबन्धन अगस्ट १५ मा साँझ ५ बजेर ५९ मिनेट सम्म रहनेछ।

यस दिन पुरा दिनभरी नै राखी बाँध्न सकिन्छ।

साँझ ५;५९ मिनेट भन्दा अगाडी नै राखी बाँध्नुलाई शुभ मानिन्छ।

कसरी मनाइन्छ रक्षाबन्धन 

-थालमा चन्दन , अक्षता , दहि , रक्षाशुत्र तथा मिठाई राख्ने

-पुजाको थालीमा घ्युमा बत्ति बाल्ने र दाजुभीको आरती गर्ने

-रक्षाशुत्र र पुजाको थाली सर्वप्रथम भगवानलाई  समर्पित गर्ने

– यस पछि आफ्नो भाईलाई उत्तर या पुर्व दिशामा मुख फर्काई बस्न लगाउने

– पहिले भाईलाई टिका लगाईदिने त्यस पश्चात हातमा राखी बाँधिदिने

-यति  पछि उनीहरुलाई मिठाई खुवाई सु स्वास्थ्य र दिर्घायुको कामना गर्ने

-रक्षा बन्धनको समयमा भाई बहिनीको कपाल खुल्ला हुनु भने हुदैन।

-रक्षा बन्धन गरि सकेपछि दाजु भाइले आफ्ना दिदीबहिनीलाई उपहार दिनु पर्छ।  जहा काला बस्त्र भने दिनु हुदैन

राखी कस्तो हुनुपर्छ ?

-रक्षाशुत्र यानकी राखी ३ धागोको हुनु पर्दछ।

-रातो , पंहेलो र सेतो रंगको मात्र प्रयोग गर्ने

-राखीमा चन्दन लगाउनुलाई धार्मिक मान्यता अनुसार अझ प्रभावकारी मान्ने गरिन्छ।

 

 

 

अर्को समाचार:

भाइ र बहिनीबीचको अटुट प्रेम दर्शाउने पर्व रक्षाबन्धन : तराई मधेशभरि छुट्टै हर्षोल्लास