आज र भोलि होलि : राशीअनुसार कस्तो रंगले होली खेल्ने ? हेर्नुहोस् धर्मशास्त्रमा यस्तो छ !

काठमाडौँ,  यो वर्ष नेपालको पहाडी भू-भागमा चैत्र ६  र तराईमा चैत्र ७  मा होलि मनाइँदै छ । रंगीन जीवनमा रम्ने धेरै हुन्छन्।  धेले रै रंगको यस पर्वलाई महत्वका साथ लिने गरेका छन् । होलिको  धर्मिक मान्यताहरु पनि रहेका छन्। असत्यमाथि सत्यको विजय, शिवभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर शिवभक्त प्रह्लाद सकुशल रहेको किम्वदन्तीअनुसार होली पर्व मनाउने गरिन्छ । धर्मशास्त्रमा होलिमा राशिअनुसार कुन रंगको प्रयोग गर्ने उल्लेख गरिएको छ।

कुन राशि हुने व्यक्तिले कस्तो रङ्ग छनोट गर्ने ?  

मेष र वृश्चिक राशी: यी दुई राशिको स्वामी मंगल हो  । मंगलको रंग रातो भएकोले  मेष र  बृश्चिक राशी भएकाले रातो रङसँग होली खेल्नु राम्रो मानिन्छ । जसबाट मिल्नेछ सम्मान।

वृष र तुला राशी: वृष र तुला राशीको स्वामी शुक्र भएकोले  ९ ग्रह मध्ये शुक्रलाई  सबैभन्दा चम्किलो ग्रह मानिन्छ  । यी २ राशिका  भएका मानिसले होलीमा सेतो रंगको कपडा लगाएर पहेलो  रंगले होलि खेल्दा लाभदायी हुन्छ  । साथै साथीभाई र परिवारबाट सम्मान मिल्नेछ।

मिथुन र कन्या राशी: मिथुन र कन्या राशीको  स्वामी बुध हुन् । ज्योतिषका अनुसार बुध हरियो रंगको प्रतिनिधि ग्रह हो त्यसैले  मिथुन र कन्या राशी भएका मानिसले हरियो रंगसँग होली उत्सव मनाउदा सम्मान प्राप्त हुनेछ ।

कर्कट राशी: कर्कट राशीको स्वामी चन्द्रमा हो र यो राशी भएकाहरुले पहेलो, केशर तथा हरियो रंगसँग होली खेल्दा फलदायी हुन्छ । साथै सन्तानबाट सुख प्राप्त हुन्छ।

सिंह राशी: सिंह राशीको स्वामी सुर्य हो  । यो राशी भएकाहरुले  रातो रंगको प्रयोग गरि  होली खेल्दा अत्यधिक उर्जा प्राप्त हुनुको साथै शरीरमा शक्तिको संचार हुन्छ ।

धनु र  मिन राशी: धनु एवं मीन राशीका स्वामी गुरु हो  । धनु र  मीन राशी भएका मानिसहरुले होलीको दिन  पँहेलो रंगको प्रयोग गर्नु लाभ हुन्छ ।

मकर र  कुम्भ राशी: मकर एवं कुम्भ राशीको स्वामी शनिदेव हो  । मकर र कुम्भ राशी भएका व्यक्तिहरुले होलीमा नीलो, सेतो, कालो तथा खैरो रंगको प्रयोग गर्दा लाभदायक हुन्छ ।

अर्को समाचार:

युवतीहरुको लागी भगवान शिव किन मानिन्छ आदर्श पति? जानीराखौ!