आफ्नो जन्म महिना वा गतेले मान्छेको जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म तोकेको दिनमा गराउन भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।कुनै पनि बच्चा जन्मेका जन्मेको समय वा साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।आज हामी तपाईहरुलाई मंगलबार जन्मेका बच्चाहरुको स्वभाव वा आचरण कस्तो रहन्छ भन्ने बारे जानकारी गराउन जाँदै छौँ।
१. मंगलबार जन्मेका व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरु धेरै रिसालु स्वभावका हुने गर्छन।
२. यी व्यक्तिहरु आफ्ना सम्पूर्ण काममा लगनशील र गर्भिरतापूर्वक लाग्ने गर्छ भने उनीहरुले अटेका कामहरुमा सफलता समेत हँसिल गर्न सक्नेछन्।
३. यस दिन जन्मेका व्यक्तिहरु निकै खर्चालु स्वभावको हुने र आफ्नो निर्णय सहि समयमा लिन आफै सक्षम हुने हुँदा जीवन सुखमय बिताउन सक्छन।
४. यी व्यक्तिहरु विलासिता वा यसआरामको जीवन बिताउन चाहने हुँदा लत्ता कपडा , गाडी, घरलगायत विलासिताका सामग्रीहरुले पूर्ण हुने गर्छन।
५. मंगलबार जन्मेका व्यक्तिहरु आफू पनि गल्ति गर्नबाट डराउने र अन्यको गल्तीमा पनि सजिलै माफ नदिने स्वभावका हुन्छन।
६. यस्ता व्यक्तिहरु निकै सहनशील र ईमान्दार हुने भएकाले जो कोहीले सजिलै विश्वास गर्ने र धेरै कुराहरुको जिम्मेवारी दिने हुँदा यिनीहरुमा निकै बोझ थपिने गर्छ।
७. घमण्डी र सामाजिक नहुनु यी व्यक्तिहरुको नराम्रो पक्ष हो जसले उनीहरुलाई जीवनमा सोचे अनुसारको सफलता हँसिल गर्नबाट बन्चित हुनेछन्।