यसपाली दशैंको घटस्थापना देखि टीकाको उत्तम साईत यस्तो छ !

काठमाडौँ-  धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।

यो हिन्दू धर्मवलम्बीहरूले महान चाडको रुपमा मान्ने गरिन्छ। यस वर्ष कार्तिक २ गते परेको दशैंको टीका ग्रहण गर्ने उत्तम साईत ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टीका लगाउन सकिने बताएका हुन्। यसैगरि घटस्थापनाको शुभ साईत भने असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा र फूलपाती भित्र्याउने सहित बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समेत समितिले जानकारी गराएको छ। कार्तिक ७ गते दशैंको अन्तिम वा क्रोजागत पूर्णिमाको दिन भने जतिबेला पनि जमरा सेलाउन सकिनेछ।

अर्को समाचार:

आजबाट सोह्रश्राद्ध सुरु: झुक्केर पनि नगर्नुस यी गल्तिहरु, पितृको आत्मा हुनेछ अशान्ति