सोमबार झुक्किएर पनि नगर्नुहोस् यी कार्य, भोलेनाथ हुन सक्छन् क्रोधित

हिन्दु धर्ममा हरेक दिनको छुट्टै महत्व हुने गर्छ। हप्तामा हुने सती दिनमा फरक-फरक भगवानको पूजा गर्ने गरिन्छ। हप्ताको दोस्रो दिन विशेष गरेर भगवान शिवको आराधना गर्ने गरिन्छ। हरेक सोमबार महिलाहरुले भगवान शिवको ब्रत पनि राख्ने गर्छन्। धार्मिक मान्यता अनुसार निम्न उल्लेखित कार्यहरु सोमबारको दिन गर्ने हुँदैन।

सोमबारको दिन अरुको धन माथि कहिले पनि आँखा लगाउन हुँदैन। आफूसँग जे छ त्यसमानै खुसि हुनेलाई मात्र भगवान शिवको अनुग्रह हुने गर्छ। साथै सोमबारको दिन अन्य महिला माथि नराम्रो दृष्टिले हेर्दा पनि अनिष्ट हुने धार्मिक मान्यता रहेको छ।

सोमबारको दिन साधु-सन्तलाई क्रोधित बनाउन हुँदैन। साधु-सन्तलाई भगवान शिवको विशेष अनुग्रह रहने हुँदा सोमबारको दिन साधु-सन्तलाई अपमान गर्न हुँदैन।

सोमबारको दिन गाई र गोरुलाई अपमान गर्न हुँदैन। भगवान शिवको प्यारो नन्दी रहेको हुँदा यसरी गाईलाई अपमान गरेमा आर्थिक समस्याको बढेर जाने गर्छ।

सोमबारको दिन दुखिहरुको अपमान गर्दा पनि भगवान शिव क्रोधित हुने गर्छन्। यस दिन दुखिहरुलाई आफूले सकेको दान गर्नु पर्ने हुन्छ । साथै महिलालाई अपमान गर्दा पनि शिव क्रिधित हुन्छन् भन्ने धार्मिक विश्वास गरेको छ।

अर्को समाचार:

आफ्नो दुर्भाग्यलाई सौभाग्यमा परिवर्तन गर्न अपनाउनुस् यी ५ तरिका