सूर्य समान चम्किनेछ यी ३ राशिका भाग्य, सूर्य गोचरले नोकरी-व्यापारमा हुनेछ लाभ

काठमाडौँ : – वैदिक ज्योतिष शास्त्रमा ९ ग्रहको वर्णन गरिएको छ। प्रत्येक ग्रहको जन्मकुण्डलीमा आफ्नो अलग स्थान र महत्व बताईएको छ। नौ ग्रहहरूमध्ये सूर्यलाई सबै ग्रहहरूको राजा मानिन्छ। जुन आत्माको कारक ग्रह हुन्। जुन राशिमाथि सिंह राशिको स्वामी सूर्य दयालाउ हुन्छन्, ती व्यक्तिको भाग्य रातारात बदलिने जनविश्वास रहेको छ।

जब सूर्यदेवले राशि र नक्षत्र परिवर्तन गर्छ, त्यसको प्रभाव सबै १२ वटै राशिको जीवनमा पर्छ। यो समय सूर्यको गोचर कुन तीन राशिका लागि लाभदायी साबित हुनेछ, जानौँ ।

वैदिक पञ्चाङ्गअनुसार यस समय ग्रहहरुको राजा सूर्यदेव सिंह राशिमा विराजमान छन्। जहाँ सूर्य भदौ ३१ गते सोमबारसम्म रहनेछ। तर यस बीच सूर्यदेवले तीनपटक नक्षत्र परिवर्तन गर्नेछ। भदौ १४ गते शुक्रबार दिउसो ४ बजेर १० मिनेटमा सूर्यदेवले पूर्वा फाल्गुनी नक्षत्रमा गोचर गर्नेछ। जहाँ सूर्य भदौ २८ गतेसम्म रहनेछ।

यी राशिका मानिसलाई हुनेछ फाइदा : –

सिंह राशि

सूर्यदेव यतिबेला सिंह राशिमा विराजमान हुनुहुन्छ। यस्तो अवस्थामा सिंह राशिका व्यक्तिका लागि सूर्य नक्षत्रमा परिवर्तन लाभदायी साबित हुन सक्छ। व्यवसायीहरूले समय-समयमा अप्रत्याशित आर्थिक लाभ कमाउने सम्भावना छ। यसबाट युवाको व्यक्तित्वमा सुधार हुन्छ ।

जागिर खाने व्यक्तिको सुख-सुविधामा वृद्धि हुन सक्छ। करियरको दृष्टिकोणले यो समय राम्रो छ । धन आर्जनका धेरै नयाँ अवसरहरू आउनेछन्। बोलीको मीठो प्रभावले कलेजमा युवाको प्रभाव बढ्नेछ ।

वृश्चिक राशि

सूर्यको नक्षत्र परिवर्तनले वृश्चिक राशिका लागि केही शुभ समाचार ल्याउन सक्छ। धन आर्जनको बाटोमा आउने बाधाहरु हट्नेछन् । युवाहरूले करियरमा ठूलो सफलता हात पार्न सक्छन्। यस समयमा गरिएको लगानीले अर्को महिना नाफा कमाउन सकिन्छ।

युवाले समाजमा नयाँ पहिचान पाउनेछन् । गाडी किन्ने सपना अर्को महिना पूरा हुने सम्भावना छ । दाम्पत्य जीवनमा प्रेम कायम रहनेछ। अविवाहितको लागि विवाहको योग आउन सक्छ।

मीन राशि

मीन राशिका व्यक्तिहरूलाई सूर्यदेवको चाल परिवर्तनले शुभ फल मिल्नेछ। आम्दानीमा बृद्धि हुनुका साथै प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध प्रगाढ हुनेछ । व्यवसायीहरुका लागि आम्दानीका नयाँ स्रोतहरु जुट्ने सम्भावना छ । नयाँ व्यापार वा पसल खोल्ने सपना साकार हुन सक्छ।

व्यवसायसँग सम्बन्धित नयाँ योजनाहरू सफल हुनेछन्। भविष्यमा अप्रत्याशित आर्थिक लाभ हुन सक्छ। जीवनसाथीसँगको सम्बन्धमा सुधार आउनेछ । कठिन समयमा परिवारका सदस्यहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ।

अर्को समाचार:

शनि-राहु संयोगले यी ३ राशिमाथि मडारिनेछ सङ्कटको बादल, अपार धनहानिसँगै बढ्नेछ कठिनाई