काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले निश्चित समयको अन्तरालमा राशि परिवर्तन गर्छन्। ग्रह गोचरले शुभ – अशुभ योग निर्माण गर्छन्। ज्योतिषमा शुक्र ग्रहलाई शुभ ग्रह मानिन्छ किनकी शुक्र ग्रह भौतिक सुख सुविधाको कारक ग्रह हो। शुक्र ग्रह शुभ हुँदा जातकले अपार धन – सम्पति प्राप्त गर्छन् र विलासी जीवन बिताउँछन्।
जबकि अशुभ शुक्र ग्रहले जातकलाई अभावग्रस्त जीवन दिन्छ। शुक्र ग्रह अशुभ हुँदा जातक गरिबी र सङ्घर्षपूर्ण जीवन बिताउन बाध्य हुन्छन्। भदौ ८ गते शनिबार(अगस्ट २४ तारिख) शुक्र गोचर गरी नीच राशि कन्यामा प्रवेश गर्नेछ। यसबाट दरिद्र नामक योग बन्छ। अशुभ योगको निर्माणले सबै १२ राशिको जीवनमा कुनै न कुनै रुपमा प्रभाव पार्नेछ तर ३ राशिका व्यक्तिहरुले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। अन्यथा ठूलो क्षति हुन सक्छ ।
कुण्डलीमा दरिद्र योग बन्दा गरिबी, ठूलो आर्थिक हानि या घातक रोगको शिकार हुने सम्भावना हुन्छ। अगस्ट महिनामा शुक्र कन्या राशिमा जाँदा बन्ने दरिद्र योगले ३ राशिका मानिसलाई हानि – नोक्सानी पुर्याउन सक्छ ।
मेष राशि : –
मेष राशिका व्यक्तिहरूले २४ अगस्ट पछि सावधानी अपनाउनु पर्छ। तपाईको लागि दरिद्र योगले दुर्घटना र रोगको सम्भावना सृजना गर्न सक्छ। त्यसैले यात्रा गर्दा विशेष ध्यान दिनुहोस्। जीवनमा धेरै कठिनाइहरू आउन सक्छ। कार्यस्थलमा अप्ठ्यारो पर्न सक्छ। आर्थिक हानि हुनसक्छ ।
कर्कट राशि : –
कर्कट राशिका लागि दरिद्र योगले स्वास्थ्यमा समस्या ल्याउन सक्छ। आर्थिक उतारचढावको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले, लगानी गर्नुहोस् र पैसा बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्। अन्यथा आर्थिक अवस्था बिग्रन सक्छ । परिवारमा मनमुटाव हुन सक्छ। यस समयमा ठूला निर्णयहरू स्थगित गर्नुहोस्। तर, करियरको लागि समय शुभ रहेको छ ।
मकर राशि : –
मकर: मकर राशिहरुलाई दरिद्र योगले समस्यामा पार्नेछ। कार्यस्थलमा समस्या आउन सक्छ। तपाईको विरुद्ध षड्यन्त्र हुन सक्छ। त्यसैले सावधान रहनुहोस्। आफ्नो काम गर्नुस्। आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्। यात्रा गर्दा सावधान रहनुहोस्।