काठमाडौँ : – साउन १६ गते बुधबारको दिन निकै महत्वपूर्ण दिन हो। यस दिन श्रावण कृष्णपक्षको एकादशी तिथि छ र यससँगै धन, शिक्षा, विवाह र सन्तानका स्वामी बृहस्पतिले आफ्नो चाल परिवर्तन गरेको छ। गुरु ग्रहलाई वैदिक ज्योतिषको एक महत्वपूर्ण शुभ ग्रह मानिन्छ, जुन रोहिणी नक्षत्रको तेस्रो पदबाट चौथो पदमा प्रवेश गर्दैछन्। बृहस्पतिको चालमा हुने परिवर्तनले कुन ५ राशिका मानिसको प्रेम जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा जानौं।
रोहिणी नक्षत्रमा गुरुको गोचरले प्रेम जीवनमा पार्ने प्रभाव : –
वृष राशि
वृष राशिका व्यक्तिहरुको प्रेम जीवनका लागि यो समय निकै शुभ रहेको छ । प्रेम जीवनको आनन्द बढ्नेछ र जीवन साथीबाट पूर्ण सहयोग प्राप्त हुनेछ। सँगै हिँड्ने-घुम्ने मौका मिल्नेछ, रोमान्समा दिन बिताउने प्रबल सम्भावना छ। सम्बन्धमा गहिराइ रहनेछ। रोमान्टिक जीवन रोमाञ्चक हुनेछ।
कन्या राशि
कन्या राशिका व्यक्तिहरुको प्रेम सम्बन्धको लागि यो समय राम्रो रहेको छ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । अविवाहितहरूका लागि यो समय प्रेमको दृष्टिले धेरै भाग्यशाली रहनेछ, नयाँ व्यक्तिहरूसँग मिठो सम्बन्ध विकास गर्न सकिनेछ। साँचो प्रेम भेट्ने सम्भावना छ। विवाहित व्यक्तिको जीवन साथीसँग सुमधुर सम्बन्ध रहनेछ। जीवन रोमान्टिक रहनेछ।
सिंह राशि
विवाहित व्यक्तिहरू बीचको कुनै पनि कलह वा झगडा समाप्त हुने सम्भावना छ। आपसी सम्बन्ध मधुर रहनेछ। अविवाहितको लागि विवाहको योग आउन सक्छ। यो वर्षको अन्त्यसम्ममा तपाईको विवाह हुन सक्छ। लामो समयदेखि सिंगल रहेका व्यक्तिहरूको असल साथीले प्रेम प्रस्ताव स्वीकार गर्न सक्छन्।
वृश्चिक राशि
यदि तपाई कसैलाई प्रेम गर्नुहुन्छ भने यो तपाईको भावनाहरुलाई व्यक्त गर्न को लागि एक राम्रो समय साबित हुन सक्छ। तपाई आफ्नो पार्टनरसँग कुनै शानदार ठाउँमा जान सक्नुहुन्छ। आपसी समझदारी बढ्नेछ। विवाहित व्यक्तिको मन रोमान्टिक रहनेछ, जसका कारण प्रेम जीवनमा निकटता बढ्नेछ।
धनु राशि
धनु राशि हुनेहरुको सम्बन्धका लागि यो समय शुभ रहेको छ । पार्टनरको व्यवहार मिलनसार र मिठो रहनेछ। अविवाहितहरुको विवाहको सम्भावना छ । बाल्यकालको साथीले तपाईलाई आफ्नो प्रेम व्यक्त गर्न सक्छ। सिंगलको जीवनमा खुशी रहनेछ, नयाँ जीवनसाथी भेटिनेछ।