साप्ताहिक राशिफल : यी राशिलाई राम्रो छ यो साता, अज्ञात भयले सताउनेछ यी राशिलाई

साताको राशिफल : असार २३ गतेदेखि असार ३० गतेसम्मको राशिफल

मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :

खर्च बढ्ने बेला आएको छ । सोमबारसम्म निकै खर्च होला । मङ्गलबारदेखि केही सुधार आए पनि आत्मसन्तुष्टि हुने देखिन्न । व्यापारसम्बन्धी कामले तपाईंलाई टेवा देला । परिवारसमेत राम्रो मद्दत गर्नेखालका छन्।

वृष राशि – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

त्यति नराम्रो साता होइन । पहिलेदेखि बाँकी रहेका निकै काम बन्नेछन् । मद्दत गर्नेको सङ्ख्या सीमित भए पनि आफ्नै आत्मबलले निकै काम गर्नुहुनेछ । पढाइ र लेखाइ दुवैतिर गति चलिरहला । प्राविधिक खाले कामबाट भने सामान्य लाभमात्र हुनेछ।

मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

साता राम्रोखालको छ । पहिलेका निराशा बिस्तारै घटेर जानेछन् र काम गर्ने उत्साह बढ्दै आउनेछ । मद्दत दिने मित्रसमेत यथेष्ट भेट्नुहोला । हातले समातेको व्यवसायले मनग्गे लाभ दिनेछ । खर्च घट्ने देखिन्न । विशेषगरी बिहीबार र शुक्रबारमा बढी खर्च होला।

कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

सातालाई निकै राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मनको प्रवृति गइरहला भने गरेका काम पनि राम्रैसित सम्पन्न हुनेछन् । शिक्षाको क्षेत्रमा समेत रुचि बढिरहेको छ । तपाईंको बोलीमा अरूहरूलाई प्रभाव पार्न सक्ने शक्ति छ । व्यवसायले समेत साथ देला।

सिंह राशि – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

मङ्गलबारसम्मका दिन त्यति राम्रा छैनन् । सोच्दै नसोचेका समस्या आएर चिन्ता बढाउला । त्यसैले शनिबारको दिन बिहानै शिवजीको र महाँकालको दर्शन गर्नुहोस् । व्यापारसम्बन्धी कामले अलि–अलि भए पनि टेवा देला तर परिवारको पिरलो भने परिरहनेछ ।

कन्या राशि – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

दौडधुप निकै पर्नेछ तर त्यो अनुसारको फल प्राप्ति भने हुने छैन । थोरै उपलब्धिले नै चित्त बुझाउनुपर्नेछ । खर्चको मात्रा घट्ने क्रममा छैन । बुधबारको दिन भने केही न केही दिनेखालको छ । बिहानै उठेर नारायणको स्मरण गरेमा कठिनाइ हटी केही प्राप्तिसमेत हुन सक्छ।

तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

बुधबारसम्मका दिन राम्राखालका छन् । विपक्षीसँग मुकाबिला गर्दा तपाईंकै विजय हुनेछ । बिहीबार र शुक्रबार भने अलि चिन्ताकारक नै देखिन्छन् । त्यसैले बिहीबारको दिन बिहान भोजन गर्दा दहीको प्रयोग गर्नुहोस ।

वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

खर्च घट्ने छैन तर त्यो खर्च राम्रै काममा जाला । त्यसैले पीर नमाने पनि हुन्छ । धार्मिक काम गर्न खोज्दा व्यवधान गर्न खोज्ने धेरै छन् । तैपनि तपाईंको कल्याणकारी प्रवृित्तमा ह्रास हुने छैन । पढाइमा समेत गतिशीलता नै छ ।

धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

साताको सुरुमा सामान्य स्वास्थ्यसम्बन्धी समस्या परेर खर्च होला । तर, सोमबारदेखि त्यसमा नियन्त्रण आउनेछ । सूर्यको आराधनाले मात्र त्यसमा केही सुधार होला । खासगरी साताको पछिल्लो भाग फलिफाप दिने खालको छ ।

मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

अलि–अलि स्वास्थ्य बाधा भए पनि चिन्ता लिनुपर्ने समय छैन । हरेक समस्यासित जुध्न सक्ने सामर्थ्य छ । खर्चको मात्रा भने घट्ने छैन । जागिरबाट कम र हातले समातेका अरू सीपबाट बढी लाभ गर्न सक्नुहुनेछ । मित्रहरूको सहयोगले पनि तपाईंलाई प्रशस्त टेवा देला ।

कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) :

मनमा अलि–अलि डर लागिरहला । विशेषगरी बाधा दिने तŒवहरू बढिरहेका छन् । यिनीहरूसँग मुकाबिला गर्न गणेशको दर्शन नितान्त आवश्यक छ । परिवार र मित्रबाट सहयोग मिलिरहला । साताका पछिल्ला दिन भने चिन्ताकारक देखिन्छन् ।

मीन राशि – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :

सातालाई राम्रो रूपमा लिन सकिन्छ । अज्ञात भयको छाँया देखिए पनि चिन्ता लिनुपर्दैन । आर्थिक स्थिति पहिलेको भन्दा बलियो होला । पुराना बाँकी रहेका कामसमेत यो साता बन्न सक्छन् । भोजभतेर र मित्र समागम प्रशस्त हुने देखिन्छ ।

अर्को समाचार:

असार २४ गतेको राशिफल : सोमबार यी राशिलाई व्यापार-व्यवसायमा लाभ, आँटेका काममा मिल्नेछ सफलता