मङ्गल मेष राशिमा प्रवेश : २ राशिलाई शुभ छ गोचर, बिछोडिएको जोडीको हुनेछ पुनर्मिलन

काठमाडौँ : – ग्रहको सेनापति मङ्गलले हरेक व्यक्तिको कुण्डलीमा एक अहम भूमिका निभाउँछ। मंगल ग्रहलाई ऊर्जाको कारक मानिन्छ। यसका साथै करियर र सरकारी जागिरका लागि मंगल ग्रह बलियो हुनु पनि महत्वपूर्ण मानिन्छ । ज्योतिषीहरुका अनुसार मंगल ग्रहको राशि परिवर्तनले सबै १२ राशीलाई असर गर्छ । तर यस पटक २ राशिका व्यक्तिहरुलाई मंगल ग्रहको गोचरबाट विशेष लाभ मिल्नेछ।

ज्योतिषीका अनुसार मङ्गलदेवले जेठ १९ गते शनिबार मेष राशिमा गोचर गरिसकेको छ। मङ्गलदेव यस राशिमा ४१ दिनसम्म विराजमान रहनेछ र असार ५ गते बुधबार भरणी नक्षत्रमा गोचर गर्नेछ र त्यसपछि असार २३ गते आइतबार कृतिका नक्षत्रमा गोचर गर्नेछ। त्यस्तै असार २८ गते मेष राशिबाट निक्लिएर वृष राशिमा प्रवेश गर्नेछ।  यी ४१ दिनमा सबै राशिका मानिसहरुलाई मंगल ग्रहको गोचरले असर गर्ने भएपनि दुई राशिका मानिसहरुलाई विशेष लाभ मिल्ने छ । आउनुहोस् जानौं ती राशिहरु कुन-कुन हुन्।

ज्योतिषीहरुका अनुसार मंगल ग्रहको राशि परिवर्तनले सबै राशिलाई आफ्नो भाव अनुसार असर गर्छ। यी दुई राशिका व्यक्तिलाई विशेष लाभ मिल्नेछ। मेष राशिमा मंगलको गोचरमा दुबै राशिका व्यक्तिहरूले आफ्नो गुमाएको प्रेम फिर्ता पाउनेछन्।

तुला राशि

ज्योतिष शास्त्रका अनुसार तुला राशिका व्यक्तिहरुलाई मंगल ग्रहको यो गोचरबाट लाभ हुने देखिन्छ । यस अवधिमा उनीहरुको प्रेम विवाहको सम्भावना रहेको छ । अर्कोतर्फ, यदि कुण्डलीमा मंगल ग्रह शुभ स्थानमा बसेको छ भने तुला राशिका व्यक्तिहरूको छिट्टै विवाह हुने सम्भावना हुन्छ। यसका साथसाथै प्रेम सम्बन्धमा लामो समयदेखि विवाद रह्यो भने यस समयमा सबै समस्या हटेर प्रेम सम्बन्धमा फाइदा हुनेछ र दुवैको पुनः मिलन हुन सक्छ ।

धनु राशि

मंगल ग्रहको राशि परिवर्तन हुनाले धनु राशि हुनेहरुको जीवनमा अपार शुभफल प्राप्त हुनेछ । यो राशिका मानिसहरुले आफ्नो हराएको माया फिर्ता पाउन सक्छन् । यदि तपाईं दुवै सहमत हुनुहुन्छ भने, तपाईं विवाह गर्न सक्नुहुन्छ। असार २८ अघि, धनु राशिका व्यक्तिहरूले पक्कै पनि राम्रो समाचार पाउनेछन् र उनीहरूको सम्बन्धमा प्रेम र मधुरता आउनेछ। समग्रमा यो समय तपाईको प्रेम सम्बन्धको लागि धेरै राम्रो साबित हुनेछ।

अर्को समाचार:

जेठ ३२ गते हुँदैछ महागोचर, यी ३ राशिका जीवनमा आउनेछ ठूलो बदलाव, विवाहित जीवनमा बढ्नेछ प्रेम