जेठ १८ गतेबाट बन्दैछ बुधादित्य राजयोग : आउँदो १४ दिन यी राशि हुनेछन् मालामाल, पैसाले भरिनेछ खजाना

काठमाडौँ : – बुद्धि, विवेक, धन, सम्पत्ति र सुख-सौभाग्यको कारक बुध फेरी पनि राशि परिवर्तन गर्दैछ। यसअघि बैशाख २८ गते शुक्रबार बुध ग्रहले मेष राशिमा प्रवेश गरेको थियो। पञ्चाङ्गका अनुसार जेठ १८ गते शुक्रबार दिउँसो १२ बजेर ३५ मिनेटमा ग्रहको राजकुमार बुध मेष राशिबाट निक्लिएर वृष राशिमा प्रवेश गर्नेछ र जेठ ३२ गतेसम्म यहीँ राशिमा रहनेछ।

करिब २१ दिनपछि बुध ग्रह वृष राशिमा गोचर हुँदा थुप्रै शुभ संयोगको निर्माण हुनेछ। यतिबेला वृष राशिमा सूर्य, शुक्र र देवगुरु बृहस्पति विराजमान छन्। सूर्य र बुध निकट आउँदा बुधादित्य राजयोग निर्माण हुनेछ। कुण्डलीमा बुधादित्य राजयोगको निर्माण हुनु अत्यन्तै शुभ मानिन्छ। वैदिक ज्योतिष शास्त्रको अनुसार बुधादित्य राजयोग बन्दा व्यक्तिले हरेक काममा अपार सफलता प्राप्त गर्नेछन्।

शैक्षिक कार्यमा रुचि बढ्नेछ । सामाजिक पद-प्रतिष्ठामा वृद्धि हुनेछ। बुध ग्रहको प्रभावले धन, वैभव र ऐश्वर्य प्राप्त हुन्छ। १४ दिनसम्म वृष राशिमा बुधादित्य राजयोग बन्दा केही राशिलाई भरपूर लाभ मिल्नेछ। बुधादित्य राजयोगबाट कुन – कुन राशिको भाग्य चम्किनेछ त…

वृष राशि : –

जेठ १८ गते शुक्रबार बुधादित्य राजयोग निर्माण हुँदा वृष राशिका जातकलाई प्रचुर लाभ मिल्नेछ। मानसिक तनावबाट मुक्ति मिल्नेछ। बुद्धि, विवेक र यश प्राप्त हुनेछ। तपाईको सञ्चार कौशलमा सुधार आउनेछ। चुनौतिहरुको सामना गर्न सक्नुहुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। तपाईका सबै सपना साकार हुनेछन्। कार्यालयमा आफ्नो प्रतिभा देखाउने धेरै सुनौलो अवसरहरू आउनेछन्। सम्बन्धमा देखिएको असमझदारी समाधान हुनेछ । प्रेम सम्बन्धमा मधुरता आउनेछ।

सिंह राशि : –

बुधादित्य योगको प्रभावले सिंह राशिको जातकको वाणीमा मधुरता आउनेछ। जीवनमा सकारात्मक उर्जाको सञ्चार हुनेछ। सामाजिक पद-प्रतिष्ठामा वृद्धि हुनेछ। करियरमा उन्नतिको प्रशस्त अवसर आउनेछ। रोजगारीमा रहेका व्यक्तिको पदोन्नति वा  तलब वृद्धिको सम्भावना बढ्नेछ। व्यवसायिक जीवनमा महत्वपूर्ण उपलब्धि हात लाग्नेछ। व्यापारमा लाभ हुनेछ। धन सम्पतिमा वृद्धि हुनेछ ।

तुला राशि : –

सूर्य र बुधको संयोगले तुला राशि हुनेहरूको बोलीमा नम्रता आउनेछ। कडा परिश्रम र लगनशीलताका साथ गरिएको कामले सकारात्मक परिणाम दिनेछ। पुरानो लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । नयाँ लगानीको अवसर पनि मिल्नेछ । पैतृक सम्पत्तिबाट आर्थिक लाभ हुनेछ। सम्बन्धमा सुधार आउनेछ । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । रोमान्टिक जीवन राम्रो रहनेछ।

अर्को समाचार:

यस जेठ महिना भुलेर पनि गर्न हुँदैन यस्ता काम, अन्यथा माता लक्ष्मी हुनेछिन् क्रोधित