२ दिनपछि शक्तिशाली बन्नेछ मङ्गल : ३ राशिको हुनेछ भाग्योदय, प्रगतिसँगै हरेक काममा मिल्नेछ सफलता

काठमाडौँ : – ग्रहको सेनापति मङ्गल ग्रह करिब ४५ दिनसम्म एकै राशिमा रहन्छ। आत्मविश्वास र साहसको कारक मंगलको राशि चक्र परिवर्तनले निश्चित रूपमा प्रत्येक राशिका व्यक्तिहरूको जीवनलाई कुनै न कुनै रूपमा प्रभाव पार्छ। ज्योतिषशास्त्रका अनुसार मङ्गल ग्रह जेठ १९ गते शनिबार दिउँसो ३ बजेर ४२ मिनेटमा आफ्नो मूल त्रिकोण राशि मेष राशिमा प्रवेश गर्नेछ।

यस्तो अवस्थामा केही राशिका व्यक्तिहरूलाई धेरै फाइदा हुनेछ। अर्कोतिर मङ्गलमाथि शनिको तेस्रो दृष्टि परिरहेको छ, जसकारण मङ्गल अझ शक्तिशाली बन्नेछ। यसबाट मङ्गल अझ शक्तिशाली भई धेरै राशिको भाग्य चम्काउन सक्छ। केही राशिका व्यक्तिहरूलाई आगामी ४२ दिनमा धेरै फाइदा हुने देखिन्छ। मङ्गल र शनि बलवान हुने कारण मानिसहरु हरेक क्षेत्रमा कुनै न कुनै रुपमा सफलता हासिल गर्ने प्रयास गर्छन्। बलवान् मङ्गल ग्रहले कुन – कुन राशिको भाग्य चम्काउन सक्छ त… हेर्नुस्

मेष राशि : –

मेष राशिका जातकको लागि मङ्गलको गोचर लाभकारी सिद्ध हुन् सक्छ। पहिलो हप्ताले तपाईको जीवनमा खुशी नै खुशीको बहार ल्याउनेछ। परिवारसँग राम्रो समय बिताउनुहुनेछ। यसका साथै तपाईले हरेक क्षेत्रमा सफलता हासिल गर्नुहुनेछ। आर्थिक स्थितिको बारेमा कुरा गर्दा लामो समयदेखि रोकिएका कामहरु पूरा हुन् सक्छन्। यसका साथै धनमालमा वृद्धि हुनसक्छ।

व्यापार व्यावसायमा संलग्न व्यक्तिले धेरै फाइदा लिन सक्नेछन् । सम्बन्धको कुरा गर्दा वैवाहिक जीवन बाहेक प्रेम जीवन राम्रो रहनेछ । आर्थिक अवस्था राम्रो रहनेछ । आम्दानी कुनै न कुनै रुपमा बढ्नेछ । यसका साथै धनसम्पत्ति जम्मा गर्नमा पनि सफल हुन सक्नुहुन्छ । स्वास्थ्य पनि राम्रो रहनेछ । तर गर्मीका कारण केही समस्या आउन सक्छ ।

मिथुन राशि : –

यस राशिमा मङ्गल ११ औँ भावमा विराजमान रहनेछ र यस राशिमा शनि तेस्रो दृष्टि भाग्य भावमा रहेकोले यो राशिका मानिसहरु निकै खुसी रहनेछन्। करियरमा नयाँ अवसर प्राप्त हुनसक्छ । यससँगै तपाईको कामको पनि प्रशंसा हुनेछ । उच्च अधिकारीले तपाईलाई बढुवा गर्न सक्छन्। यसबाट तपाईको धेरै मनोकांक्षा पूरा हुन सक्छ। व्यापार व्यवसाय गर्नेहरुले मनग्य आम्दानी गर्ने सम्भावना छ ।

राम्रो नाफा कमाउन सफल हुन सक्नुहुनेछ । आर्थिक अवस्था पनि बलियो हुने देखिन्छ । आम्दानीका नयाँ स्रोत खुल्नेछन् र धनसम्पत्ति जम्मा गर्न सफल हुनुहुनेछ। तपाईंको जीवनसाथीसँग राम्रो समन्वय हुनेछ, जसले तपाईंको जीवनमा खुशी ल्याउनेछ। स्वास्थ्यको कुरा गर्दा त्यो पनि राम्रो हुने छ ।

कर्कट राशि : –

कर्कट राशिमा मंगल दशम भावमा रहनेछ । यस्तो अवस्थामा महाबली मंगलले यस राशिका मानिसको जीवनमा खुशी मात्र ल्याउन सक्छ। जीवनमा धेरै राम्रो हुन सक्छ। यससँगै तपाईको मेहनत र लगनको फल मिल्नेछ। तपाईको काम कार्यस्थलमा सबैले देख्नुहुनेछ। यस्तो अवस्थामा प्रगति गर्न सकिन्छ । वरिष्ठ व्यक्तिको सहयोगले आफ्नो लक्ष्यमा सफलता मिल्नेछ।

यसबाट सरकारी जागिरका लागि तयारी गर्नेहरूले सफलता हासिल गर्न सक्छन्। व्यापार व्यवसायको कुरा गर्दा मनग्य लाभ हुने सम्भावना छ। आफ्नो लगन र मिहिनेतले व्यवसायलाई अगाडि बढाउन सफल हुनुहुनेछ। आर्थिक अवस्था पनि राम्रो रहनेछ । अप्रत्याशित आर्थिक लाभ हुन सक्छ। यसका साथसाथै रोजगारीको माध्यमबाट धेरै पैसा कमाउन सकिन्छ । स्वास्थ्य पनि राम्रो रहनेछ ।

अर्को समाचार:

जेठ १८ गतेबाट बन्दैछ बुधादित्य राजयोग : आउँदो १४ दिन यी राशि हुनेछन् मालामाल, पैसाले भरिनेछ खजाना