३ दिनमा चम्किनेछ यी राशिका भाग्य : बुधदेवले दिनेछ अपार धन, थाक्नुहुनेछ नोटका बिटा गन्दा-गन्दै

व्यापार, वाणी, संवाद र बुद्धिको लागि जिम्मेवार ग्रह बुधको चालमा परिवर्तनले मानिसहरूको जागिर, व्यापार र आर्थिक स्थितिमा ठूलो प्रभाव पार्छ। ज्योतिषशास्त्रका अनुसार अहिले बुध ग्रह मीन राशिमा वक्री चाल चलिरहेको छ । बैशाख १३ गतेदेखि बुध मार्गी हुनेछ, अर्थात् बुध अब सीधा सर्नेछ। बुधको चाल परिवर्तनले सबै राशिलाई असर गर्नेछ।

जबकि ३ राशिका मानिसहरुका लागि बुध ग्रहले प्रत्यक्ष घुमेर ठूलो लाभ दिनेछ । यी व्यक्तिहरूको करियरमा प्रगति, आर्थिक लाभ र आम्दानीमा बृद्धि हुने प्रबल सम्भावना छ। बैशाख १३ गतेबाट यी राशिका व्यक्तिहरुको भाग्यमा परिवर्तन आउन सक्छ । यी मानिसहरूको धनमा अपार वृद्धि हुन सक्छ। आउनुहोस् जानौं बुधको गोचरबाट शुभ फल प्राप्त हुने भाग्यशाली राशिका कुन कुन हुन् ।

वृष राशि : –

बुध मार्गी हुनु वृष राशिका लागि निकै शुभ रहनेछ। बुधले यी व्यक्तिहरूको आयमा वृद्धि गर्नेछ। अप्रत्याशित आर्थिक लाभ पनि प्राप्त गर्न सकिनेछ । यी व्यक्तिहरूले धेरै मामिलामा लाभ प्राप्त गर्नेछन्। तपाईको धन सम्पत्ति बढ्नेछ। सवारी साधन वा घर खरिद गर्ने सम्भावना छ । व्यापार व्यवसायका लागि समय शुभ रहेको छ । खासगरी आयात–निर्यातको काम गर्नेहरूले ठूलो फाइदा लिन सक्नेछन्।

कर्कट राशि : –

कर्कट राशिका लागि बुधको सिधा चाल निकै फलदायी रहनेछ। भाग्यले यी व्यक्तिहरूलाई साथ दिनेछ। काम सहज बन्नेछ । तपाईको प्रगति हुनेछ र सम्पूर्ण परिवार तपाईको खुशीमा सामेल हुनेछ। यदि तपाई अहिले सम्म खर्च बढेर समस्यामा हुनुहुन्थ्यो भने अब यसबाट राहत पाउनुहुनेछ । कुनै धार्मिक वा शुभ कार्यक्रममा भाग लिन सकिनेछ । लामो दुरीको यात्राको सम्भावना छ।

कुम्भ राशि : –

बुधको चाल परिवर्तनले कुम्भ राशिका लागि पनि राम्रो फल दिनेछ। यी व्यक्तिहरूको कुनै पनि ठूलो इच्छा पूरा हुन सक्छ। आर्थिक अवस्था राम्रो रहनेछ । यो समय व्यापारी वर्गको लागि ठूलो लाभ दिन सक्छ। रोकिएको पैसा फिर्ता हुन सक्छ। सन्तानको प्रगति हुनेछ । तपाईको आत्मबल बढ्नेछ। तपाईको वाणीको प्रभाव बढ्नेछ र बोल्ने कलाले धेरै कार्यहरू पूरा गर्न सकिनेछ।

अर्को समाचार:

१८ वर्षपछि मंगल र राहुले बनायो खतरनाक ‘अंगारक योग’, यी राशिका लागि बढ्नेछ समस्या, धन हानिसँगै बिग्रनेछ स्वास्थ्य