१०० वर्षपछि बन्नेछ दोहोरो राजयोग, चम्किनेछ तीन राशिको भाग्य

काठमाडौँ : – अबको केही दिनमा ग्रहको राजकुमार बुध बृहस्पति ग्रहको मीन राशिमा प्रवेश गर्दैछ। बुध मीन राशिमा प्रवेश गरेसँगै सूर्य र शुक्रसँग बुधको संयोग बन्नेछ। सूर्य र बुध मिलेर बुधादित्य राजयोग बन्नेछ। शुक्र र बुध मिलेर लक्ष्मी नारायण योग बनाउनेछ। मीन राशिमा एक नभई २ राजयोग बन्नेछन्, जसकारण केही राशिका व्यक्तिहरुलाई बम्पर लाभ मिल्नेछ। बुध, सूर्य र शुक्रको संयोगबाट बन्ने डबल राजयोग कुन – कुन राशिका लागि लाभदायी साबित हुन् सक्छ त ?

सिंह राशि : – 

बुध, सूर्य र शुक्रको संयोग सिंह राशिका लागि शुभ मानिन्छ। बुधको शुभ प्रभावले तपाईका सबै रोकिएका कामहरु सुरु हुनेछन् । कुनै पनि नयाँ कामको थालनीका लागि यो समय निकै शुभ मानिन्छ । सुख र धनको लाभ मिल्नेछ। साथै आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्।

वृष राशि : – 

बुध, सूर्य र शुक्रको संयोग वृष राशिका लागि लाभदायक साबित हुन सक्छ। जागिर गर्ने व्यक्ति प्रशंसाको पात्र बन्नेछन्। व्यवसायीका लागि आम्दानीका नयाँ स्रोत खुल्नेछन् । सानातिना समस्या आउन सक्छ, जसलाई आफ्नो पार्टनरको सहयोगले सजिलै समाधान गर्न सकिन्छ। जति निडर रहनुहुन्छ उति धेरै सफलताले तपाईको कदम चुम्नेछ।

मीन राशि : – 

बुध, सूर्य र शुक्रको संयोग मीन राशिका मानिसका लागि लाभदायक मानिन्छ । कार्यस्थलमा साथीभाइ र मालिकबाट पूर्ण सहयोग प्राप्त हुनेछ। आर्थिक समस्याबाट राहत पाउनुहुनेछ र नयाँ लगानीको विकल्प सोच्न सक्नुहुन्छ। विदेश यात्राको सम्भावना पनि छ।

अर्को समाचार:

३ दिनमा चम्किनेछ यी राशिका भाग्य : बुधदेवले दिनेछ अपार धन, थाक्नुहुनेछ नोटका बिटा गन्दा-गन्दै