चैत्र १६ गतेको राशिफल : शुक्रबार यी राशिलाई हुनेछ धन लाभ, बढ्नेछ आय

चैत्र १६ गतेको पञ्चाङ्ग र राशिफल : –

दिन : शुक्रवार
तिथि : चतुर्थी १७:३६ बजेसम्म, त्यसपछी पञ्चमी
नक्षत्र : विशाखा १८:१४ बजेसम्म, त्यसपछी अनुराधा
योग : वज्र २१:०६ बजेसम्म, त्यसपछी सिद्धि
करण : वालव १७:३६ बजेसम्म, त्यसपछी कौलव ०५:४६ बजेसम्म, त्यसपछी तैतिल
शुभ साइत : रुद्री गर्ने साइत

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दिनको प्रारम्भमा मनमा उत्साह बढेर जानेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ। साथीभाईको प्रसस्त साथ सहयोग मिल्नेछ। तथापी मध्यन्न्ह पश्चात भने स्वास्थ्यमा समस्या देखिने छ। पारिवारिक असमझदारी बढ्ने छ। खानपानमा विशेष ध्यान पुर्याउनु पर्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मानसिक द्विविधा बढ्ने छ।  स्वास्थ्यमा समस्या देखिनेछ। धार्मिक कार्यको पछाडी धन खर्च भएर जानेछ।  व्यापार व्यवसायमा उन्नती प्रगति हुनेछ। आर्थिक लाभको सम्भावना रहेको छ। स्वास्थ्य अनुकुल रहने छ। परिवारमा सुख शान्ति छाउने छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

भविष्यका लागि आर्थिक योजना बनाउने समय रहने छ। नयाँ मित्र बनाउने समय रहेको छ। आर्थिक लाभको सम्भावना रहेको छ।  आनन्ददायी यात्राको अवसर मिल्नेछ। धर्म कर्ममा मन जानेछ। आध्यात्मिक सिद्धि प्राप्त भएर जानेछ। आर्थिक कारोवारको विषयमा विशेष सावधानी अपनाउनु पर्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शारीरिक तथा मानसिक व्याकुलता र अस्वस्थताले सताउने छ।  क्रोधलाई नियन्त्रणमा राखेर अगाडी बढ्नाले बिशेष लाभ हुने देखिन्छ।  व्यापार व्यवसायमा लाभ मिल्ने छ। शत्रु परास्त भएर जानेछ। पारिवारिक वातावरण सुखमय रहने छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यभार बढ्ने छ। शारीरिक तथा मानसिक रुपले थकान महसुश हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार भएर जानेछ। मित्रभेटले मन प्रफुल्लित रहनेछ। रमणीय स्थलको यात्रा हुने सम्भावना रहेको छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

गहन चिन्तनले महत्वपुर्ण कार्य सम्पादन भएर जानेछ।  वाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। छोटा तर रमणीय यात्राको सम्भावना रहेको छ। धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम्पत्यजीवन सुखमय बित्ने छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ। प्रियपात्रसँगको भेटघाटले मन उत्साहित हुनेछ। दाम्पत्यजीवन सुखमय बित्ने छ। बोलीको प्रभावकारिताले गर्दा धेरैको मन जित्न सकिने छ। सकेसम्म यात्रामा ननिस्कँदा नै राम्रो हुनेछ।  अध्ययन-अध्यापनको क्षेत्रमा सफलता पाइने छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यापार व्यवसायको क्षेत्र अनुकुल रहने छ। दैनिक कार्यमा ढिलासुस्ती देखिने छ। घरायसी वातवरण सुखमय बित्नेछ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। बाहन सुख प्राप्त हुनेछ। समग्रमा तपाईका लागि आजको दिन सुखमय बित्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शारीरिक तथा मानसिक शिथिलताको अनुभव हुनेछ।  कार्यमा सफलता पाउनका लागि अधिक परिश्रम गर्नु पर्ने देखिन्छ। धार्मिक तथा आध्यात्मिक कार्यमा झुकाव बढ्ने छ। आर्थिक योजनाका कार्यहरु सफलतापुर्वक सम्पादन भएर जानेछन। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

स्वास्थ्यमा समस्या देखिने छ। सानातिना घरायसी काममा अल्झिने समय रहेको छ। सन्तान सुख मिल्ने छैन। सरकारी कार्यमा खासै सफलता पाइने छैन। अपेक्षा अनुरुप कार्यमा सफलता पाइने छ। छोटा तथा आनन्दायी यात्राको समय रहेको छ। धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

नयाँ काम गर्नका लागि परिवारको साथ र सहयोग पाइने छ। साहित्य लेखनको कार्यमा मन जानेछ। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ। पैतृक सम्पतिमा लाभ मिल्ने देखिन्छ। इश्वरभक्तिमा मन लगाउनाले विशेष लाभ मिल्ने देखिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ। अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहेको छ। भविष्यका लागि आर्थिक योजना बनाउने समय रहेको छ। एकलौटी निर्णय लिन नसक्दा नोक्सानी पुग्ने देखिन्छ। प्रतिस्पर्धात्मक कार्यमा विजय भइने छ।

अर्को समाचार:

साप्ताहिक राशिफल: यस यी ४ राशिलाई अत्यन्तै शुभ छ, ३ राशि पर्नेछन् समस्यामा