चैत्र १४ गतेको राशिफल : बुधबार तपाईको दिन सोचेझैं शुभ या अशुभ कस्तो रहला ?

पञ्चाङ्ग : –  
दिन : बुधवार
तिथि : द्वितिय १५:३७ बजेसम्म, त्यसपछी तृतीया
नक्षत्र : चित्रा १५:०५ बजेसम्म, त्यसपछी स्वाती
योग : व्याघात २१:५१ बजेसम्म, त्यसपछी हर्षण
करण : गर १५:३७ बजेसम्म, त्यसपछी वणिज ०४:१७ बजेसम्म, त्यसपछी भद्रा
शुभ साइत : पास्नी गर्ने साइत, पसल खोल्ने साइत, ब्रतबन्ध गर्ने साइत

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईंको आत्मीयता अधिक संवेदनशील हुनेछ। नतिजा स्वरूप, कसैको बोली वा व्यवहारले तपाईंको मन दुख्नेछ। मानसिक डरका साथसाथै शारीरिक अस्वस्थताले पनि बेचैन रहनेछ। आमाको स्वास्थ्य बिग्रनेछ। सवारी चलाउँदा सावधानी अपनाउन जरुरी छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

चिन्ताको बोझबाट मुक्ति महसुस गर्दै ऊर्जा र उत्साहको अनुभव गर्नुहुनेछ। भावनाको प्रवाहमा  कल्पनाको संसारमा घुम्नु हुनेछ। परिवारको सदस्यमा विशेष ध्यान दिनुहोला। आर्थिक कार्य सम्पन्न हुनेछ । मनपर्ने भोजन प्राप्त हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

काममा सफलता मिल्न ढिलाई हान सक्छ । आर्थिक गतिविधिमा अवरोध आएपछि धेरै राह हुनेछ काम-व्यवसायमा सहकर्मीको पूर्ण सहयोग प्राप्त हुनेछ। घरपरिवारमा हर्षोल्लासको वातावरण रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

शारीरिक तथा मानसिक सुख मिल्नेछ । तपाईको दिन साथीभाइ तथा आफन्तजनसँग हर्षोल्लासका साथ बित्नेछ। तपाईको मन अधिक क्षमाशील रहनेछ। दाम्पत्य जीवनमा जीवनसाथीप्रति विशेष आकर्षणको अनुभव हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

चिन्ताको बोझले स्वास्थ्यलाई हानि गर्नेछ। कसैसँग विवाद हुनेछ। अदालतको काममा सावधानी अपनाउनुहोला । भावनाको बहावमा नपरेर कुनै पनि विचारविहीन काम नगर्नुहोला। बोली र व्यवहारमा ध्यान राख्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

व्यवसायी र जागिर गर्नेले आर्थिक लाभ प्राप्त गर्नेछन्। उच्च अधिकारी खुसी हुनुका साथै पदोन्नतिको सम्भावना बढ्नेछ। विवाहितको लागि अनुकूल परिस्थिति सिर्जना हुनेछ। महिला मित्रहरू लाभदायक साबित हुनेछन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको काम सजिलै सम्पन्न हुनेछ । मान-सम्मानमा वृद्धि हुनेछ। कार्यालयमा उच्च अधिकारीबाट आत्मविश्वास बढ्नेछ। व्यापारीले व्यापार र आम्दानीमा वृद्धि हुनेछ। घरायसीजीवन सुखमय रहनेछ। स्वास्थ्य रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

थकान, आलस्य र चिन्ताका कारण काम गर्ने जोश कम हुनेछ। विशेष गरी बच्चाहरु तपाईका लागि चिन्ताको कारण हुनेछन्। कार्यस्थलमा पनि अधिकारीको नकारात्मक व्यवहारले तपाईमा निराशा उत्पन्न हुनेछ।  व्यापारमा कठिनाइ हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

अनिच्छनीय घटना, रोग, क्रोधले तपाईको मानसिक व्यवहारलाई निराश बनाउनेछ। सरकार विरोधी प्रवृत्ति रहनेछ। केही कारणले समयमै खाना पाईनेछैन । अत्यधिक खर्च नगर्नुहोला। झगडाबाट टाढा रहनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

कामको बोझ र मानसिक तनावबाट मुक्ति पाउनुहुनेछ।  साथीभाइ र आफन्तसँग खुसीसाथ दिन बित्नेछ। विपरित लिङ्गीय व्यक्तिहरुप्रति आकर्षण बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहला। व्यापारी आफ्नो व्यापार विस्तार गर्न सक्षम हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कार्यभारको कारण सफलता मिल्नेछ । परिवारको सदस्यसँग प्रेमपूर्ण रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। कार्यस्थलमा सहकर्मी सहयोग रहनेछ।  घरमा हर्ष र उत्साहको वातावरण रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाई भित्र रहेको रचनात्मकतालाई प्रोत्साहन दिन साहित्यको क्षेत्रमा लेखन तथा पठनको  कार्यमा गहिरो रुचि लिनेछ। हृदयको कोमलताले  प्रियजनसँग निकट रहनुहुनेछ। स्वास्थ्यको दृष्टिले दिन मध्यम रहनेछ।  मानसिक सन्तुलन र बोलीमा ध्यान दिनुहोला।

अर्को समाचार:

चैत्र १५ गतेको राशिफल : बिहिबार कस्तो रहला तपाईको दिन ? शुभ – अशुभ के – कस्ता घटना घट्ला ?