चैत्र ११ गतेको राशिफल : होलीको दिन १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

चैत्र ११ गतेको पञ्चाङ्ग :
दिन : आइतवार
तिथि : चतुर्दशी ०९:५६ बजेसम्म, त्यसपछी पूर्णिमा
नक्षत्र : पूर्वफाल्गुनी ०७:४९ बजेसम्म, त्यसपछी उत्तरफाल्गुनी
योग : गण्ड २०:४६ बजेसम्म, त्यसपछी वृद्धि
करण : वणिज ०९:५६ बजेसम्म, त्यसपछी भद्रा २३:०० बजेसम्म, त्यसपछी वव
कार्यक्रमहरू : पहाडमा होली, पुर्णिमा व्रत, विश्व क्षयरोग दिवस
शुभ साइत : रुद्री गर्ने साइत, होम गर्ने साइत
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

दिन आनन्दमय हुनेछ । वित्तीय योजनाहरु सफल हुनेछन्। व्यावसायिक क्षेत्रमा काम गर्न सक्षम हुनुहुनेछ। धरै मानिसहरु सँग भेट हुने समय रहेको छ । बौद्धिक कार्यमा रुचि बढ्नेछ। छोटो यात्राको सम्भावना रहेको छ । शारीरिक तथा मानसिक रुपमा स्फूर्ति अनुभव गर्नु हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

बोलीको मधुरताको कारण मानिसहरुलाई प्रभावित पर्न सकिनेछ । बैठक तथा छलफलमा आफ्नो प्रभुत्वो जमाउन सकिने छ । परिश्रम अनुसारको फल मिल्नाले काममा जोस जागर बढ्ने छ । पाचन सम्बन्धि समस्याले सताउन सक्छ । त्यसैले संभवत घारको खना खानु होला ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मन स्थिर हुने छैन । मनमा दुबिधा बढ्ने छ । अधिक भावुकताको कारण मन अस्वस्थ हुनेछ । आमासँग बढी लगाव हुनेछ । बौद्धिकताको  प्रसंसा हुनेछ । परिवार र अचल सम्पतिको चर्चा हुनेछ । लेनदेनबाट टाढै रहनु होला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

भाइबाट लाभ हुनेछ । साथि भाइसँगको भेटले मन प्रसन्न हुनेछ । कतै सुन्दर स्थलको भ्रमण हुनेछ । गरेका कार्यमा सफलता मिल्ने छ । प्रतिस्पर्धी सँग विजयी भइने छ । सम्बन्धमा भावनत्को प्रभुत्वको कारण सम्बन्ध सुखद हुनेछ। भाग्य वृद्धिको योग रहेको छ । सामाजिक र आर्थिक रूपमा सम्मान पाउनुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

योजनामा अधिक बिचार पैदा हुँदा काममा दुविधा उत्पन्न हुनेछ । परिवारमा राम्रो वातारवारण हुने हुँदा मन खुशी हुनेछ । टाढाको साथि संगको सम्बन्धमा मधुरता छाउने छ । निर्धारित समयमा सोचे अनुसारको काम सम्पन्न हुनेछ । दिन मध्यम रहने छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

दिन धरै राम्रो रहनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा खुशी अनुभव गर्नु हुनेछ । देवी लक्ष्मीको क्रिपा रहनेछ । आफन्त तथा साथि भाइसँग राम्रो सम्बन्ध हुनेछ साथै समय रमाइलोमा बित्ने छ । रमाइलो यात्रा हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

रिसलाई नियन्त्रणमा राख्नु होला । वाद विवादबाट टाढा रहनु होला । परिवारका सदस्यसँग विवाद हुने सम्भावाना रहेको हुँदा सचेत रहनु होला । स्वास्थ्यमा समस्य आउन सक्छ । विशेष गरेर आखाँको बढी ध्यान दिनु होला । मुद्धा मामिलाम सजग रहनु होला । मान हानि हुन सक्ने हुँदा विशेष ध्यान दिनु होला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन तपाईको लागी लाभदायक र शुभ साबित हुनेछ। सांसारिक सुख पाउनुहुनेछ। विवाह इच्छुकको लागि विवाहको योग रहेको छ । व्यापार व्यवसायमा विशेष लाभ हुनेछ । उच्च अधिकारीहरु तपाईको कामबाट खुसी हुनेछन्। साथि भाइसँग भेट हुनेछ र रमाइलो स्थलको भ्रमण हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

आर्थिक मामलामा विशेष योजना बनाउन सक्नु हुनेछ । अन्य मानिलाई सहयोग गर्ने भावना आउने छ । काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यवसायमा नयाँ योजना बन्नेछ । दिन आनन्दमय हुनेछ । व्यापारको लागि यात्राको सम्भावना रहेको छ । पदोन्नतीको साथै मान सम्मान बढ्ने छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

दिन मध्यम फलदायी हुनेछ, तर बौद्धिक कामको लागि राम्रो समय रहेको छ । साहित्य तथा लेखन कार्यमा राम्रो भूमिका निभाउन सक्नु हुनेछ । सामय प्रतिकुल रहेको छ । खान पानमा विशेष ध्यान दिनुहोला । आकस्मिक धन लाभको योग रहेको छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मनमा अनेक विचार आउने हुँदा नकारात्मक विचारबाट टाढा रहनुहोला । मानसिक थकान महसुस हुनेछ । रिसको मात्र बढी हुनेछ । कुनै पनि अनैतिक कार्यबाट टाढा रहनु होला । सवारी साधानको उपभोग गर्दा विशेष सावधानी अपनाउनु होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

दिन रमाइलोमा बित्नेछ । कलाकार हरुको लागि आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ। ब्यापार ब्यवसायमा साझेदारी गर्नको लागि राम्रो समय रहेको छ । साथि तथा आफन्तसँग रमाइलो यात्रा हुने हुँदा मनमा आनन्द हुनेछ । वैवाहिक जीवनमा निकटता र मिठास रहनेछ। समाजमा प्रतिष्ठा प्राप्त हुनेछ।

अर्को समाचार:

चैत्र १३ गतेको राशिफल : बुधबार यी राशिलाई शुभ-लाभ, तपाईको दिन कस्तो रहला ?