चैत्र १० गतेको राशिफल : शनिबार तपाईको दिन कस्तो रहला ? अशुभ घटनाको योग त छैन ?

चैत्र १० गतेको पञ्चाङ्ग : –

दिन : शनिवार
तिथि : त्रयोदशी ०७:५२ बजेसम्म, त्यसपछी चतुर्दशी
नक्षत्र : पूर्वफाल्गुनी दिनरात, त्यसपछी पूर्वफाल्गुनी
योग : शूल २०:११ बजेसम्म, त्यसपछी गण्ड
करण : तैतिल ०७:५२ बजेसम्म, त्यसपछी गर २०:५३ बजेसम्म, त्यसपछी वणिज
कार्यक्रमहरू : विश्व मौसम दिवस
शुभ साइत, रुद्री गर्ने साइत

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

अध्ययनमा रुची बढ्ने छ । नयाँ कामको थालेको लागि समय उचित रहेको छ । यात्रामा कठिनाइ हुनेछ । बोलीमा संयमता अपनाउनु होला अन्यथा विवादमा फस्न सकिने छ । शत्रु सक्रिय हुने हुँदा सजग रहनु होला ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

दाम्पत्य जीवन शुखद हुनेछ । आफन्तसँग रामाइलो यात्रा हुनेछ । प्रियजनहरु र साथीहरु सँग उत्तम भोजन हुनेछ । विदेशमा बस्ने प्रियजनहरुको खबर प्राप्त हुनेछ । अचानक धन लाभ हुनेछ । व्यापारीहरुको व्यापार बृद्धि हुनेछ। तपाई सामाजिक र सार्वजनिक क्षेत्रमा प्रसिद्धि र प्रतिष्ठा पाउनुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

कार्य सफलता हुनुको साथै यश आराम मिल्नेको लागि शुभ दिन रहेको छ । घरमा सुख र शान्तिको वातावरण रहनेछ। तपाई शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुहुनेछ। आर्थिक लाभको सम्भावना छ। आज खर्च हुनेछ तर व्यर्थ हुने छैन । रोकिएका कामहरु सम्पन्न गर्नका लागी सहज हुनेछ । प्रतिस्पर्धीहरुको अगाडि सफलता मिल्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

शारीरिक तथा मनासिक रुपमा अस्वस्थताका कारण मन खिन्न हुनेछ । आकस्मिक खर्च बढ्ने छ । प्रेमी-प्रेमिका बिचमा विवाद हुनेछ । विपरित लिंगी प्रतिको आकर्षणले असमस्या निम्त्याउन सक्छ । यात्रा गर्नको लागि समय उचित रहेको छैन । पेट सम्बन्धि समस्याले सताउन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

परिवारमा मनमुटाव वातारण हुनेछ । आफन्तसँग विवाद हुनसक्छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा नकारात्मक विचार आउनाले मन उदास हुनेछ । जग्गा, घर, सवारी साधनको कागजातमा हस्ताक्षर गर्नको लागी दिन राम्रो छैन। नोकरी गर्नेको लागि काममा चिन्ता बढ्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

शारीरिक र मानसिक स्वास्थ्य रहनेछ। दाजुभाई तथा दिदि बहिनिसँग समय रमाइलो बित्नेछ। र उनीहरु पनि लाभान्वित हुनेछन्। प्रतियोगीहरुको चाल निष्फल हुनेछ । भाग्य वृद्धिको योग रहेको छ । आध्यात्मिक मामिलामा उपलब्धि हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

मानसिक स्थिति द्विविधाजनक हुनेछ। जसको कारण महत्वोपूर्ण निर्णय नगर्नु होला । बोलीमा संयमता राख्नु होला अन्यथा पविवारक सदस्यसँग विवाद हुनेछ । आर्थिक लाभ हुने सम्भावना छ। स्वास्थ्यमा धयान दिनु होला ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

परिवारका सादस्यसँग समय रमाइलोमा बित्नेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । प्रिय मित्रसँग भेट हुनेछ । मित्र तथा आफन्तबाट उपहार मिल्नेछ । शुभ समाचार मिल्नेछ । रमाइलो यात्रा हुनेछ । दाम्पत्य जीवन शुखमय रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन काष्ठदाएको रहेको छ। परिवारका सदस्यसँग विवाद हुनेछ। स्वभावमा क्रोध र आवेग बढ्नेछ । कसैसँग अनावश्यक विवाद हुनेछ । स्वास्थ्य खराब हुनेछ । बोलीमा विशेष धयान दिनुहोला । खर्च बढ्नेछ । कागजात सम्बन्धि काममा विशेष ध्यान दिनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

घरमा शुभ कार्यको सम्भावना रहेको छ । केहि किन्नको लागी एक शुभ दिन रहेको छ । शेयर- सट्टा प्रवृत्तिमा धन लाभ हुनेछ। मित्र तथा आफन्तहरु संगको भेटघाट रमाईलो हुनेछ। सामाजिक क्षेत्रमा काम, ब्यापारमा लाभ मिल्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

उच्च अधिकारीहरु र बुजुर्गहरुबाट काममा साथ सहयोग रहने छ । तपाईको सम्पूर्ण कार्य सहजै सम्पन्न हुनेछ । जागिर-व्यवसायको क्षेत्रमा स्थिति अनुकूल रहनेछ। तपाई मानसिक रूपमा राहत महसुस गर्नुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। इज्जत र सम्मान बढ्नेछ। घरेलु जीवनमा आनन्दको अनुभूति हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

शारीरिक तथा मानसिक रुपम थकान अनुभव हुनेछ । सन्तान चिन्ता बढ्ने छ । काम उच्च अधिकारीसँग विवाद हुनेछ । सरकारी काममा समस्या आउनेछ । पुत्रबाट काममा सहयोग प्राप्त हुनेछ ।

अर्को समाचार:

चैत्र ११ गतेको राशिफल : होलीको दिन १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?