आउँदो ३० दिन यी राशिका लागि रहनेछ वरदान समान, सुर्यदेवले चम्काउनेछ भाग्य

काठमाडौँ : – ज्योतिष शास्त्रमा सुर्यदेवलाई ग्रहहरुको राजाको दर्जा दिईएको छ। मेष राशिलाई सुर्यदेवको उच्च राशि मानिन्छ। अहिले सुर्यदेव गुरुको राशि मीन राशिमा विराजमान छ, जुन बैशाख १ गते मङ्गलद्वारा शासित मेष राशिमा प्रवेश गर्नेछ। सूर्यको शुभ स्थिति केही राशिका लागि निकै लाभदायक साबित हुने देखिन्छ। बैशाख ३१ गतेसम्म सूर्यदेव मेष राशिमै विराजमान रहनेछ। सूर्यदेव मेष राशिमा प्रवेश गर्दा कुन – कुन राशिका सुखद् दिन सुरु हुन्छ त ?

मिथुन राशि

मिथुन राशिका लागि सूर्यको राशि परिवर्तन लाभदायी रहनेछ। धेरै स्रोतबाट आम्दानी हुनेछ। परिवारबाट पूर्ण सहयोग मिल्नेछ । आफ्नो सीपले करियरमा जित हासिल गर्नुहुनेछ। जीवन साथीसँगको सम्बन्धमा पनि सुधार आउनेछ।

सिंह राशि

मेष राशिमा सूर्यको गोचर सिंह राशिका लागि शुभ साबित हुन सक्छ। यस अवधिमा तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। हरेक काममा सफलता हासिल गर्नुहुनेछ। भाग्यले पनि साथ दिनेछ । धेरै सकारात्मक महसुस हुनेछ। विद्यार्थीहरूका लागि समय राम्रो रहनेछ।

मेष राशि

मेष राशिमा सूर्यको प्रवेश यस राशिका व्यक्तिका लागि निकै लाभदायी रहनेछ । सूर्य र बृहस्पतिको शुभ प्रभावले करियरमा प्रगति हुनेछ। प्रेम जीवन रोमान्टिक रहनेछ। तपाई र तपाईको पार्टनर बिचको सम्बन्ध बलियो हुनेछ। आर्थिक अवस्था पनि राम्रो रहनेछ ।

अर्को समाचार:

होलीपछि मेष राशिमा मच्चिनेछ हलचल, बुधले चाल बदल्दा चम्किनेछ यी राशिका भाग्य