साप्ताहिक राशिफल : यी ४ राशिलाई त्यति राम्रो छैन यो हप्ता, सहनुपर्नेछ अनेकौँ बाधा र व्यवधान

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – माघ २७ गते देखि फाल्गुन ४ गतेसम्म

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताका शुक्रबारबाहेकका दिन राम्रा खालका छन् । सामान्य खालको आम्दानी भई नै रहला । सन्तानको शिक्षाका लागि नै बढी खर्च गर्नुपर्नेछ । व्यावसायिक कामबाट सोचेभन्दा कम मात्र आय आर्जन होला । गणेशको दर्शन गरिरहनुहोस् ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताको सुरुमा निकै खर्च हुनेछ । मङ्गल कार्यका लागि नै खर्च गर्नुपर्ला । मित्र र नातेदारसँग भेट हुने समय छ । उनीहरूले दिएको सल्लाहले पनि निकै काम गर्ला । प्राविधिक खाले कामबाट त्यति ठूलो उपलब्धि होलाजस्तो छैन ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातामा चिन्ता प्रशस्त पर्ला । निश्चय गर्न सक्ने शक्तिको कमी छ । भित्रैदेखि सहयोग गर्ने मित्रको सङ्ख्यासमेत कम देखिन्छ । पारिवारिक ́न् ́ट परी नै रहला । देवीको आराधना नगरीकन त्यसलाई सामना गर्न सकिने छैन । धेरै वा थोरै व्यावसायिक लाभ भने भई नै रहला ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सातामा नेतृत्व शक्ति कम भए पनि बौद्धिक शक्ति प्रचुर मात्रामा छ । यसैले तपाईंलाई सहयोग दिनेछ । पढाइमा प्रगति नै होला । परिवारबाट पाइने सहयोगमा कमी छैन । व्यापारी वर्गका लागि पनि समय राम्रो छ । बिहीबार भने बढी खर्च होला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साता राम्रो खालको छ । यात्रा भए पनि फाइदा नै हुनेछ । स्वास्थ्यका बारेमा पनि सतर्क हुनुहोस् । आफ्नो एवं परिवारको स्वास्थ्यले खर्च गराइरहला । जागिरमा राम्रो भए पनि पढाइमा कमी छ । निश्चय गर्न सक्ने शक्तिको न्यूनता देखा पर्छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् । अनेकौँ बाधा र झन्झट सहनु पर्नेछ । सोमबारदेखि मात्र राम्रो होला । धार्मिक कार्य गर्ने मनसाय भए पनि त्यसलाई पूरा गर्न गाह्रो छ । गणेशको दर्शन गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा हाल मध्यम स्थिति देखा पर्छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो साता खर्च घटाउन सकिने छैन । अनेकौँ परिबन्ध परेर सञ्चित धनको नोक्सानी होला । यात्राको सम्भावना भए पनि फलदायी यात्रा भने हुने छैन । बाधा दिने तìवहरू प्रशस्त छन् । परिवारमा समेत कचिङ्गल भई नै रहला । इन्द्राणीको दर्शन गरिरहनुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

त्यति राम्रो साता छैन । अनेकौँ बाधा र व्यवधान सहनु पर्ला । सम्मान र व्यक्तित्वमा हिलो छ्याप्न खोज्ने धेरै छन् । स्वास्थ्यको समस्याले पनि मानसिक चिन्ता बढाउला । देवीको आराधनाले मात्र त्यसलाई समन गर्न सकिनेछ । नोकरीका बारेमा समेत चिन्ता बढ्ला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

अलिकति ढिलो भए पनि सातामा गरेका काम बन्नेछन् । मित्रको सहयोग मिलिरहला । त्यस्तै बौद्धिक प्रतिभासमेत बढ्दै गएको छ । मुद्दामामिलामा तपाईंकै विजय हुनेछ । लामो भ्रमणको सम्भावना भने हाल कम मात्र छ । भैरवको दर्शन गर्नुमा कल्याण देखिन्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सातामा खर्च त घट्ने छैन तर गरेका काम बन्नाले मन प्रसन्न होला । स्वास्थ्यको स्थिति पहिलेको भन्दा सप्रिएको छ । बौद्धिक क्षेत्रमा समेत तपाईंको मान प्रतिष्ठा बढ्ला । व्यापारी वर्गका लागि राम्रो समय छ । पीपलमा जल भने नित्य चढाइरहनुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी नै रहनेछ । शिक्षाको क्षेत्रमा सोचेको जति प्रगति देखिँदैन तर पूर्ण निराशा भने लिनुपर्ने छैन । व्यापारका सम्बन्धमा पनि मनमा डर लागिरहला । मित्र सहयोग कत्ति पनि घट्ने छैन ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साताका बुधबार र बिहीबार स्वास्थ्यका लागि हानिकारक छ । बाँकी दिनमा निकै काम गरिएला । पढाइमा प्रगति हुनेछ । जागिरबाट ठूलो आस नगर्नुहोस् । मित्र एवं परिवारको सहयोगले मात्र काम गर्न सकिनेछ । महाँकालको आराधनाले सामुन्ने आएका समस्यालाई टार्न सकिनेछ ।

अर्को समाचार:

माघ २८ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?