प्रेमिल महिना ‘फेब्रुअरी’ को मासिक राशिफल : यी राशिको प्रेम सम्बन्ध कस्तो रहला ?

मेष राशि (Aries) च, चू, चे, चो, ला, ली, लू, ले, लो, आ :

लामो समय देखि रोकिएका काम पूरा हुनेछन्। रोजगारको खोजीमा रहेका मानिसले सफलता प्राप्त गर्नेछन्। व्यापार तथा व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। कर्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना उच्च छ। हेरेक क्षेत्रमा वरिष्ठ व्यक्तिको पूर्ण समर्थन रहनेछ।राजनीति क्षेत्रमा सफलता मिल्नसक्छ। घरेलु समस्या सुझाइनेछ। आफ्नो स्वास्थ्यको पूरा ख्याल राख्न जरूरी देखिन्छ।

वृष राशि (Taurus) ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो ब बो :

यो महिना तपाईको जीवनमा थुप्रै उतार-चढाव देख्न सकिन्छ। महिनाको सुरूमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। कार्यक्षेत्रमा विपक्षी तथा जीवनमा शत्रुसँग सावधान रहनुहोला। महिनाको मध्यमा पारिवारिक समस्या आउनसक्छ। दाम्पत्य जीवनमा मनमुटावको स्थिति बन्नसक्छ। आर्थिक पक्ष मजबूत रहनेछ। व्यापारीहरुको लागि समय मध्यम रहनेछ।

मिथुन राशि (Gemini) का, की, कू, घ, ङ, छ, के, को, ह :

मिथुन राशिका मानिसले यो महिना निकै सावधानीका साथ काम गर्न जरूरी देखिन्छ। महिनाको सुरुवातमा कार्य विशेषले अधिक भागदौडको सम्भावना देखिन्छ। कार्यको दबाब रहनेछ। अनावश्यक स्थानमा स्थानान्तरण पनि सम्भव छ। महिनाको बीचमा परिवारका सदस्यहरूको विशेष सहयोग पाउनुहुनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। सुख-सुविधाको साधान बढ्नेछ।

कर्कट राशि (Cancer) ही, हू, हे, हो, डा, डी, डू, डे, डो :

कर्कट राशिका मानिसको लागि यो महिना मिश्र फलदायी साबित हुनेछ। भूमि तथा घर निर्माण सम्बन्धि मामिलामा शुभ खबर प्राप्त हुनेछ। विगतमा गरिएको लगानीले फाइदा पुर्‍याउँनेछ। प्रेम सम्बन्धमा फाटो आउनसक्छ, साथै मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। तपाईंको प्रेमी वा जीवनसाथीप्रति वफादार रहनुहोस्। महिनाको अन्त्यमा तपाईं माथी आलस्य हावी हुनसक्छ।

सिंह राशि (Leo) मा, मी, मू, मे, मो, टा, टी, टू, टे :

सिंह राशिका मानिसको लागि यो महिना अत्यन्त शुभ साबित हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। करियर तथा व्यवसायको क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। मान-प्रतिष्ठा बढ्नेछ। पारिवारिक तथा आर्थिक अस्वस्थामा सुधार हुनेछ। यो समयमा अधिक खर्च हुने देखिन्छ। लामो वा छोटो दूरी यात्रा पनि सम्भव छ। यात्रा रमाईलो र लाभदायक साबित हुनेछ। प्रेम सम्बन्धमा आउने गलत धारणा हटाइनेछ।

कन्या राशि (Virgo) ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो :

यो महिना कन्या राशिका मानिसले बोली तथा रिसमा संयम राख्न जरूरी देखिन्छ। पैसाको लेन-देन कार्य गर्दा निकै सावधान रहनुहोला। सफलता प्राप्त गर्नको लागि अधिक परिश्रम गर्नुपर्नेछ। महिनाको अन्त्यमा व्यापार व्यवसाय क्षेत्रमा अप्रत्याशित लाभ मिल्ने सम्भावना छ। करियर तथा व्यापारको क्षेत्रमा विशेष सफलता मिल्नेछ। जीवनसाथीको भावनालाई बेवास्ता नगर्नुहोस्।

तुला राशि (Libra) रा, री, रू, रे, रो, ता, ती, तू, ते :

तुला राशिका मानिसको लागि यो महिना मिश्रित फलदायी रहनेछ। यो महिना अधिक परिश्रम गर्दा मात्र सफलताको सम्भावना बन्नेछ। शत्रुसँग सावधान रहनुहोला। साथी-भाई तथा आफन्तबाट सहयोगको अपेक्षा कम हुनेछ। भावनामा आएर धन-सम्पत्ति सम्बन्धि मामिलामा निर्णय नलिनुहोस्, अन्यथा नोक्सान हुनसक्छ। प्रेम सम्बन्ध बलियो हुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ।

वृश्चिक राशि (Scorpio) तो, ना, नी, नू, ने, नो, या, यी, यू :

यो महिना कुनै सफलता प्राप्त गर्नको लागि अधिक परिश्रम गर्न जरूरी छ। पारिवारिक जिम्मेवारीको बारेमा पूरा ध्यान राख्नुहोला। यस राशिका मानिसले यो महिना बोली तथा रिसमा संयम राख्नुहोला। वैवाहिक जीवनमा जीवनसाथीसँग मदभेद उत्पन्न हुनसक्छ। महिनाको अन्त्यमा विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनेछ।

धनु राशि (Sagittarius) ये, यो, भा, भी, भू, धा, फा, ढा, भे :

ग्रहको गोचरका अनुसार यस महिनाको धनु राशिका व्यक्तिहरूलाई सफलता प्राप्त गर्नको लागि धैर्यता र विवेकको ठूलो आवश्यकता पर्नेछ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। चोटपटक लाग्ने सम्भावना रहेको छ। धार्मिक यात्रा तथा कुनै धार्मिक आयोजनामा संलग्न हुने मौका मिल्नेछ। कुनै वरिष्ठ व्यक्तिको सल्लाह लाभदायक साबित हुनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ।

मकर राशि (Capricorn) भो, जा, जी, खी, खू, खे, खो, गा, गी :

कार्यक्षेत्रमा कडा परिश्रम गर्दा मात्र सफलता प्राप्त गर्न सकिनेछ। यस समयमा आर्थिक मामिलाहरूमा सावधानी अपनाउनु आवश्यक छ। आयका साथ व्यय पनि उत्तिकै अनुपातमा हुनेछ। शेयर बजार आदिमा सोचविचार गरेर मात्र लगानी गर्नुहोस्। पारिवारिक कलह उत्पन्न हुनसक्छ। यस समयमा काम र व्यवसायमा लाभ हुनेछ। प्रेम प्रसंगमा आएका अवरोधहरू हटाइनेछ।

कुम्भ राशि (Aquarius) गू, गे, गो, सा, सी, सू, से, सो, दा :

महिनाको सुरुवातमा कुनै वरिष्ठ व्यक्तिको सहयोगमा कुनै ठूलो समस्याको समाधान हुनेछ। अरुको कुरामा नआउनुहोस्। विशेषगरी शत्रु पक्षसँग सावधान रहनुहोला। सामाजिक क्षेत्रमा अपमान हुनसक्छ, सजग रहनुहोला। रोजगारको खोजीमा रहेकाको पर्खाई अझ लम्बिन सक्छ। विद्यार्थी वर्गको लागि यो समय त्यति खास नरहला। प्रेम सम्बन्धमा समय सामान्य रहनेछ।

मीन राशि (Pisces) दी, दू, थ, झ, ञ, दे, दो, चा, ची :

मीन राशिका मानिसले यो महिना करियर तथा व्यवसाय क्षेत्रमा अपेक्षा भन्दा अधिक सफलता प्राप्त गर्नेछन्। लामो समयदेखि रोकिएका कार्यले गति लिनेछ। विगतमा गरेको लगानीबाट लाभ मिल्ने सम्भावना उच्च छ। महिनाको मध्यमा भाग्यको पूरा साथ मिल्नेछ। यो महिना कसै माथी सजिलै विश्वास नगर्नुहोला। विद्यार्थी वार्गले सफलताको लागि कडा मिहेनत गर्नुपर्नेछ।

अर्को समाचार:

माघ २६ गतेको राशिफल : शुक्रबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?