भोलि मङ्सिर २२ गतेको राशिफल : शुक्रबारको दिन यी ५ राशिलाई सर्वाधिक लाभदायी छ, बाँकी राशि सतर्क रहनुस्

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०८० मङ्सिर २२ गते शुक्रबार हो। शुक्रबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

मङ्सिर २२ गतेको पञ्चाङ्ग र राशिफल : –

दिन : शुक्रवार
तिथि : एकादशी ०४:२६ बजेसम्म, त्यसपछी द्वादशी
नक्षत्र : हस्त ०७:४७ बजेसम्म, त्यसपछी चित्रा
योग : सौभाग्य २३:४६ बजेसम्म, त्यसपछी शोभन
करण : वव १५:४७ बजेसम्म, त्यसपछी वालव ०४:२६ बजेसम्म, त्यसपछी कौलव
कार्यक्रमहरू : – उत्पत्तिका एकादशी व्रत
शुभ साइत : रुद्री गर्ने साइत

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

कुनै पनि काम गर्दा अरुको पनि सुझाव लिनु उचित हुनेछ । परिवारका सदस्यको काममा समान व्यवहार अपनाउनु उचित हुनेछ। बोलीमा बिषेस ध्यान दिनुहोला अन्यथा विवादमा पर्न सकिन्छ । अनावश्यक खर्च हुनसक्छ, सचेत रहनु होला ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

धार्मिक कार्यमा मान्न जानेछ साथै धार्मिक आयोजना गर्ने योग बनेको छ। आर्थिक लाभ हुनेछ। मनमा उत्साह र विचारमा स्थिरताको कारण सबै कार्य सहजै सम्पन हुनेछ । सौन्दर्य र नयाँ वस्त्रको लागि धन खर्च हुनेछ । परिवारसँग खुसीसाथ समय बित्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बोली र व्यवहारको कारण विवाद हुनसक्ने हुदा सचेत रहनु होला । स्वास्थ्यमा सुधार हुनेछ खास गरेर आँखा सम्बन्धि समस्याले सताउन सक्छ। परिवारमा कलह बढ्न सक्छ। आय कम र खर्च बढ्ने सम्भावना रहेको छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिन लाभदायक रहेको छ । व्यापार तथा व्यवसायमा लाभ हुनेछ । साथीहरुसँग दिन रमाइलोमा बित्नेछ । विवाहको योग बनेको छ । आम्दानीका स्रोतहरु बढ्नेछन्। आकस्मिक धन लाभ हुनेछ । आर्थिक योजना सहजै सम्पन हुनेछन् । रमाइलो यात्राको योग बनेको छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्य क्षेत्रमा तपाइको प्रभाव बढ्ने छ । तपाइले गरेको कार्य सम्पन्न हुनाले उच्चअधिकारी खुशी हुनेछन् । काममा मनोबल बढ्ने छ । बुबासँगको सम्बन्ध सुमधुर हुनेछ । साथै पिताबाट लाभ हुनेछ । जग्गा, सवारी साधन, सम्पत्ति सम्बन्धी काम गर्न को लागी अनुकूल दिन रहेको छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन प्रतिकुल हुनेछ । मानसिक तनाव बढ्ने छ । स्वास्थ्यमा समस्या आउनाले थकान महसुस हुनेछ । नोकरी तथा व्यवसायमा उच्च अधिकारीबाट नकारात्मक व्यवहार हुनसक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ । साथी भाइको सहयोग मिल्नेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

वादविवाद हुने योग बनेको हुदा सचेत रहनु होला । शत्रु सक्रिय हुनेछन् सचेत रहनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ। आकस्मिक धन लाभ हुनेछ। पुराना साथि भेट हुनेछन् । पढाइमा मन जानेछ । बुबाको स्वास्थ्यमा सुधार हुनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन मनोरन्जन बेतित हुनेछ । साथीभाईसँग पार्टी तथा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । राम्रो वस्त्र तथा वाहन प्राप्त हुनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । खर्च बढ्ने छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

दिन अनकुल रहेको छ । घरको वातावरण सुखद रहनेछ। तपाइ शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा खुसी महसुस गर्नुहुनेछ। व्यापार व्यवसायमा समय प्रतिकुल हुनेछ । शुभ समाचार मिल्ने छ । प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आलस्य, थकान, कमजोरीको कारण शारीरिक रूपमा अस्वस्थ महसुस गर्नुहुनेछ। मानाषिक रुपमा अस्वस्थ अनुभव गर्नु हुनेछ । मानसिक चिन्ता बढ्ने छ । व्यापार व्यवसायमा भाग्यले साथ दिने छैन । मनमा दुबिधा बढ्ने छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

जिद्धिपाना बढ्ने छ । अधिक भाबुक हुनाले स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक रुपमा अपमानित हुने हुदा सचेत रहनुहोला । अचल सम्पतिको कारोबारमा सचेत रहनुहोला । आमाबाट लाभ हुनेछ। आर्थिक आयोजन सहजै सम्पन्न हुनेछन् ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आवश्यक  निर्णय लिनको लागि दिन शुभ रहेको छ । रचनात्मक शक्ति बढ्नेछ । दैनिक कार्य सहजै सम्पन्न हुनेछ । साथि भाइसँग रमाइलो यात्रा हुनेछ। भाइ बहिनीसँगको सम्बन्धमा मधुरता आउनेछ। सामाजिक रुपमा मन प्रतिष्ठा बढ्ने छ ।

अर्को समाचार:

भोलि मङ्सिर २३ गतेको राशिफल : शनिबार यी ६ राशिले कुनै पनि निर्णय सोचेर लिनुस्, वित्तीय तनाव हुन् सक्छ