• वि.सं. २०८० सालको मङ्सिर महिनाको मासिक राशिफल : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
कार्यव्यस्तता बढेर जानाले शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जाने छ। आकस्मिक यात्रा एवं दौडधूप जस्ता शारीरिक परिश्रम पर्न जाने छ । मानसिक अस्थिरता एवं व्यर्थको चिन्ताले समेत सताउला। सामान्य अस्वस्थताको सम्भावना रहेको छ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखिएला। अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ । महिनाको उत्तरार्धमा रोकिएका काम बन्नुका साथै धनागम एवं उपहारको लाभ हुनुका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग छ। शारीरिक आरोग्यता अनुकूल रहने छ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला। पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ। लेनदेनसम्बन्धी कार्यमा सावधानी हुनुपर्नेछ। घरायसी खर्चको मात्रा केही बढेर जानाले व्यावहारिक कठिनाइ आइपर्ने देखिन्छ। पठनपाठनमा अभिरुचि लाग्ने छ। महिनाको उत्तरार्धमा धनागम एवं मित्र मिलनको योग छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
उच्च मनोबलका साथै कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने देखिन्छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाला। आँटेको काममा सफलता मिल्नेछ। आफन्त एवं परिवारको सहयोगले मन रमाउला। सुखद पारिवारिक भेटघाटको अवसर मिल्नेछ । प्रेम-सम्बन्धमा मिठासको अनुभूति होला। अध्ययन अध्यापनका साथै धार्मिक एवं सामाजिक काममा गहिरो अभिरुचि बढेर जाने छ । आर्थिक पक्षका कामबाट समे त राम्रै सफलता मिल्ने ग्रहयोग रहेको छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
हर्ष आनन्दका समाचार सुन्न पाइन्छ। शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । घरायसी खर्चको मात्रा केही बढेर जाने देखिन्छ। पठनपाठनमा उच्च सफलता मिल्ने देखिन्छ। काममा आइपरेका बाधा अड्चन क्रमशः हटेर जानेछन्। आर्थिक कारोबारका कामबाट राम्रै सफलता हात पर्ने छ। महिनाको उत्तरार्धमाआकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग देखिन्छ। सामाजिक एवं धार्मिक कार्यमा सहभागी हुनुपर्ने छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ने छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । अनावश्यक काममा दौडधूप केही बढी नै गर्नुपर्ने देखिन्छ। घरायसी एवं पारिवारिक समस्याले केही बढी नै पिरोल्ने देखिन्छ ।आकस्मिक यात्राको सम्भावना रहेको छ । ठूलो लगानी एवं नयाँ काम गर्नका लागि समय अनुकूल छैन । महिनाको उत्तरार्धमा भने बाधा अड्चन क्रमशः हटेर जानुका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कार्यव्यस्तता बढेर जानेछ। घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक कठिनाइको अवस्था आइपर्ने देखिन्छ। मनले सोचेका योजनामा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती गराउने योग रहेको छ। पठनपाठनमा सामान्य बाधा अवरोध आइपर्ने देखिन्छ। शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ। साथीभाइ, इष्टमित्र एवं आफन्तहरूसँगको भेटघाटले मन रमाउने छ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्ला। महिनाको पूर्वाद्र्धमा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आर्थिक हानि नोक्सानीको सम्भावना रहेकाले लेनदेनसम्बन्धी काममा सावधानी अपनाउनुपर्ने छ। घरायसी खर्चको मात्रा बढेर जाने छ । आँखा तथा पेटसम्बन्धी समस्याले सताउने छ। शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जाने देखिन्छ। साथीभाइ एवं आफन्तहरूमा मनमुटावको परिस्थिति देखापर्ने छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । महिनाको उत्तरार्धमा धनागमको योग छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सामान्य अस्वस्थताको सम्भावना देखिन्छ। मनले सोचेका योजनामा अनावश्यक बाधाअड्चन आइपर्नेछन् । आकस्मिक यात्रा एवं व्यर्थको दौडधूप गर्नुपर्ने योग छ । अध्ययन अध्यापनका साथै धार्मिक एवं सामाजिक काममा समेत अभिरुचि बढेर जाने छ। आँटेका काममा आएका बाधा अड्चन क्रमशः हटेर जानेछन्। आर्थिक अभावको परिस्थिति देखापर्नेछ। यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने योग छ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
अनावश्यक खर्चको मात्रा बढेर जानेछ । शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जाने छ । सन्तान एवं परिवारको चिन्ताले केही बढी नै पिरोल्ने देखिन्छ। आर्थिक कारोबारमा हानि-नोक्सानीको सम्भावना रहेकाले लेनदेनसम्बन्धी कारोबार नगर्दा नै बेस होला । घरायसी एवं जग्गा जमिनसम्बन्धी झमेला आइपर्ने देखिन्छ । महिनाको उत्तरार्धमा धनागम, कार्यसिद्धि एवं मनोरञ्जनका अवसर मिल्ने छन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग छ। आत्मबल बढेर जानाले आँटेका काममा सफलता मिल्ने देखिन्छ । यात्रा एवं सवारी चलाउँला विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । लेनदेन एवं ठूलो लगानी नगर्दा नै राम्रो हुने छ। आर्थिक पक्षका काममा मध्यम सफलता मिल्ने छ। पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ। साथीहरूसँगको रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन् ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मानसम्मान एवं पदप्रतिष्ठा प्राप्तिको योग छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जानेछ। वादविवाद एवं प्रतिस्पर्धामा सफलता प्राप्त होला । आर्थिक पक्षका कामबाट राम्रै सफलता मिल्ने छ। आफन्त एवं इष्टमित्रको सहयोगले मन रमाउने छ । पठनपाठनमा समेत अभिरुचि बढेर जानेछ । रोकिएका काम बन्दै जाने छन् भने नयाँ कामको थालनी हुने समेत देखिन्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जानेछ। व्यर्थको विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन्। घरायसी खर्चको मात्रा बढेर जानाले व्यावहारिक कठिनाइ गराउने देखिन्छ। ठूलो लगानी एवं नवीन कार्यको थालनी गर्न अनुकूल समय छैन। सन्तान एवं परिवारको चिन्ताले पिरोल्नेछ। महिनाको उत्तरार्धमा धनागमको योग छ ।